Latest
मेलम्ची खानेपानीलाई एडिविले २ अर्ब अनुदान दिने
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
Next
Prev

‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत

 फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ ।

सपुतले यस अघि  ‘परदेशी २’ बाट फिल्ममा डेभ्यु गरेका थिए ।

सरोज पौडेलको निर्देशनमा बन्न लागेको फिल्मको केही दिनअघि मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो । यस फिल्ममा अभिनेता विजय बरालको पनि अभिनय रहने बताइएको छ । यस फिल्मको छायांकन जेठ दोस्रो साताबाट सुरु गरिँदैछ ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा निर्देशक पौडेल स्वयंको लेखन छ । २०८२ सालमा विश्वभर प्रदर्शनको तयारी गरिएको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist