Latest
रसियामा आक्रमणमा परी ९ जनाको मृत्यु
Next
Prev

अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता

पोखरा,

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच सहकारीका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता भएको छ ।

द्विपक्ष सम्झैतामा दीर्घायु पोखरा हस्पिटल प्रा.लि. प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल तथा शालिग्राम गौतम र जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नवीन भण्डारी तथा व्यवस्थापक दिपेन्द्र पौडेलले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सदस्यहरु,  कर्मचारीले दीर्घायु पोखरा हस्पिटल प्रा.लि. मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवाः रेडियोलोजी, फार्मेसी, प्रयोगशाला शुल्क, शल्यक्रिया शुल्क र बेड शुल्क लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

द्विपक्ष सम्झैतामा दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का डा. मेघराज लामिछाने, रिलेसनसिप म्यानेजर शालिग्राम गौतम, लेखा प्रमुख रविन बास्तोला तथा मेट्रोन रिना लामिछाने र जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक दिपेन्द्र पौडेल, बुद्धि बहादुर खत्री, बाबुराम बस्नेत तथा किरण विश्वकर्माका समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist