• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारले बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्नुपर्छः काँग्रेस सांसद पाण्डे

नीतिप्रेस by नीतिप्रेस
June 11, 2024
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “4”]

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।


मंगलवार प्रतिनिधि सभा बैठकमा शुरुमै समय लिएर बोल्दै उहाँले सो अस्पताल बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै चालु आर्थिक वर्ष भित्र आवश्यक बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले त्यसका लागि आफूहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई भनेको र प्रधाननमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमानले पनि त्यसका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सांसद पाण्डेले अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरुमा एक वर्षमा करिव १ लाख सेवाग्राहीले निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने सो अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेर उचित वातावरण निर्माण गर्न संघीय सरकारले ढिलाई नगर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षका लागि विनियोजन हुने बजेटमा सो अस्पतालका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनु भयो । 
सांसद पाण्डेले भन्नुभयो, ‘अछाम जिल्लाको बलयपाटा अस्पताल १६ वर्षदेखि नेपाल सरकारसँगको सहकार्यमा न्याय हेल्थ नेपाल नामक संस्थाले सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरुमा एक वर्षमा करिव १ लाख सेवाग्राहीले त्यहाँ निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने गर्दछन् । करिव ८ सय जति मेजर सर्जरीहरु हुने गर्दछ । यो अस्पताल आधुनिक तरिकाले सञ्चालित छ । यसमा आर्थिक पारदर्शीता पनि छ । यो अत्याधुनिक तरिकाले सञ्चालित, गुणस्तरीय सेवा प्रदान गरिरहेको कोभिडको महामारीपछि यसको डोनेशन कम हुँदै गयो । अहिलेको बजेट भाषणमा प्रदेश सरकारले छुटयाएन बजेट पनि । अहिले त्यो अस्पतालमा बडो कठिन अवस्था सृजना भएको  छ । दुर्गम ठाउँमा २ जना विशेषज्ञ डाक्टर सहित नौ जना डाक्टरहरु हुनुहुन्छ । १९७ जना अरु स्टाफहरु हुनुहुन्छ । महिनौदेखि उहाँहरु तलवबाट बञ्चित हुनु भएको छ । जसका कारणले यो अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । यस पटक पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट असार १ गते आउँदैछ । यसका बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छांै । यदि यो असार मसान्त भित्रै बजेट नहुने हो भने अर्थमन्त्री, प्रधानमन्त्री र सिंगो संसदलाई यही आर्थिक वर्ष भित्रै कम्तिमा पनि ९÷१० करोड विशेष अनुदानको व्यवस्था गरेर बयलपाटा अस्पताललाई सुचारु गर्न, अगाडि बढाउन र दुर्गम क्षेत्रका नागरिकहरुले पाएका सेवा सुविधाहरुलाई निरन्तरता दिन सरकारसँग जोडदार माग गर्दछु ।’
सांसद पाण्डेले सो अस्पतालमा चिकित्सकसहितक कर्मचारीहरुले तलवसमेत नपाएको उल्लेख गर्दै सरकारले चालु आर्थिक वर्ष असार भित्रै आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

[adrotate banner= “5”]

[adrotate banner= “6”]

[adrotate banner= “3”]

Previous Post

टिममा सन्दीप जोडिएपछि रोहितको प्रतिक्रियाः ‘विकेटटेकर बलर एड हुनुभएको छ’

Next Post

प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुखसँग एमाले सांसद पन्तको माग

Next Post

प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुखसँग एमाले सांसद पन्तको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन