• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुखसँग एमाले सांसद पन्तको माग

नीतिप्रेस by नीतिप्रेस
June 11, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।


मंगलवार प्रतिनिधि सभा बैठकको शुरुमा बोल्दै उहाँले दुई मुलुकबीचको थाँति रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्नुभएको कुराकानी संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गर्नुभएको हो । उहाँले संसदको विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैंले अग्रसरता लिनुपर्ने पनि बताउनु भयो । सांसद पन्तले सार्क अलपत्र परेकाले नेपाल सरकारले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौंमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सार्क लथालिंग भयो । सार्क मात्रै होइन, सार्क युनिभर्सिटी, जो दिल्लीमा छ । त्यसको पनि सार्कको समयमा बैठक नबसेको कारण त्यसमा विभिन्न देशहरुले बजेट दिनुपर्नेमा त्यो समयमा नआएको कारणले यो समेत लथालिंग हुने अवस्थामा पुगेको छ । सार्कको अध्यक्ष भएको नेपालले यो विषयमा इनिसिएशन लिनुपर्छ कि पर्दैन ? यो विषयमा आफ्नो धारणा प्रष्ट राख्नुपर्छ कि पर्दैन ? सार्कको सचिवालय काठमाडौंमा छ । नेपालमा छ । त्यसैले यदि भारत र पाकिस्तानको विवादले पाकिस्तानमा सम्मेलन हुन सक्दैन भने भोली श्रीलंका र अन्य कुनै देशमा प¥यो भने हुन सक्दैन भने नेपालले अघि बढेर भन्नु पर्छ–सार्कको गतिविधिलाई रोक्न सकिदैन । त्यसको विवाद कुनै देशसँग भएमा हामी काठमाडौंमा सम्मेलन गर्छौं । यो अधिकार चाहियो भनेर भन्नु पर्छ । भर्खरै प्रधानमन्त्री दिल्ली गएर आउनु भयो । मोदीजीको तेस्रो पटकको सपथग्रहण कार्यक्रम गएर उहाँ आउनुभयो । एयरपोर्टमा आएर उहाँले सबै विषयमा कुरा भएको कुरा गर्नु भयो । हाम्रो सम्बन्ध मित्रतापूर्ण ढंगले अघि बढिराखेको छ भन्नु भयो । यो भन्दा अगाडि पनि त्यसै भन्नुहुन्थ्यो, त्यो भन्दा अगाडि अर्को प्रधानमन्त्रीले पनि त्यसै भन्नु हुुन्थ्यो । तर सिमाको समस्या त्यत्तिकै छ । हाम्रो इपिजीको प्रतिवेदन त्यत्तिकै छ । १९५० को सन्धि त्यत्तिकै छ । भारतसँग थाति रहेका हाम्रा समस्याहरु जस्ताको तस्तै विद्यमान छन् । त्यसैले सभामुखज्यूबाट आज रुलिङ हुनुपर्छ–प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ भनेको संसद हो । उहाँको भारतीय प्रधानमन्त्रीसँग के के विषयमा दुई पक्षीय हितका, बहुपक्षीय हितका, सार्कका विषयमा, नेपाल र भारतका बीचमा बाँकि रहेका विभिन्न समस्याहरुलाई समाधान गर्ने विषयमा सम्मानीय प्रधानमन्त्रीजीको भारतीय प्रधानमन्त्रीसँग के के विषयमा कुराकानी भयो ? उहाँले यो संसदलाई सम्मान गर्ने हो भने आजै आएर यो संसदमा आफ्नो भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रुपमा जानकारी दिनु पर्दथ्यो । त्यसकारण म सभामुखज्युको ध्यानाकर्षण गर्दछु–रुलिङहोस प्रधानमन्त्रीज्यूलाई । भारत भ्रमणको हाम्रो र भारतबीचको विद्यमान समस्या समाधानको विषयमा के कुरा ठोस रुपमा भए, त्यसबारे यो संसदले जानकारी पाओस । संसदको विशेषाधिकार हो सभामुखज्यू यो । सभामुखज्यूले पनि यसमा आँखा चिम्लिन मिल्दैन । ’
सांसद पन्तले नेपाल र भारतबीचको समस्या अहिले पनि ज्युँका त्युँ रहेपनि प्रधानमन्त्री दाहालले कुनै समस्या नभएजसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner=”6″] 

Previous Post

सरकारले बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्नुपर्छः काँग्रेस सांसद पाण्डे

Next Post

बेवारिसे यातायातका साधनहरुको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छः सांसद गैरे

Next Post

बेवारिसे यातायातका साधनहरुको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छः सांसद गैरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन