• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एसईईको नतिजामा सांसदहरु असन्तुष्ट, लगाए सरकारलाई दोष

नीतिप्रेस by नीतिप्रेस
June 28, 2024
in नेपाली समाचार आजको, समाचार
0
विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सांसदहरुले एसईई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन् ।

.
शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन् । सांसदहरुले धेरै विद्यार्थीहरु अनुत्तिर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन् । बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गर्नुभयो । उहाँले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताउनु भयो । उहाँले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘हिजो प्रकाशित एसईईको परिणामले हाम्रो अगाडी ठुलो प्रश्नचिन्ह खडा गरेको छ । ५२ प्रतिशत असफल हुनु भनेको यो राष्ट्र नै असफल हुनु हो । शिक्षा प्रणाली नै असफल हुनु हो । र सरकार असफल हुनु हो । म यसरी बुझ्छु । शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँछु ५२ प्रतिशत विद्यार्थीको मनस्थिति कस्तो होला ? मनोविज्ञान कस्तो होला ? शिक्षा मन्त्रालय गम्भीर हुनुपर्छ, यसको बारेमा अध्ययन गर्नुपर्छ यिनीहरु किन अनुत्तिर्ण भए त ? विद्यालयको कमजोरी हो कि ? शिक्षा नीतिको कमजोरी हो कि ? विद्यार्थीहरु आफैको कमजोरी हो कि ?  अध्ययन गरेर जरो पत्ता लगाऔँ ।’


त्यस्तै नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार अनुत्तिर्ण भएको हो भनि प्रश्न गर्नुभयो । उहाँले शिक्षामा गुणस्तरियता नभएका कारण यस प्रकारको परिणाम आएको बताउनु भयो । उहाँले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ? सरकारका असफलताका कारणले विद्यार्थीहरुलाई अयोग्य ठहराइयो । सरकारले गुणस्तरियता वृद्धि गरेर धेरै विद्यार्थीलाई पास गर्न लाग्नुपथ्र्यो । सरकार त्यतातिर लागेन । सरकारले त्यसरी पास, फेल गर्ने प्रणालीलाई नै अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास हुने व्यवस्था ग¥यो । यसले शिक्षाको गुणस्तर कायम गर्न सकेन । सरकारले यस वर्ष पास र फेलको प्रणाली विकास गरेको छ । ५२ प्रतिशत भन्दा बढी ग्रेडिङभित्र परेन । ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ? सरकारलाई २ लाख ४२ हजार ३१३ जना मानिस तिमी अयोग्य हौ । तिमी पढेर खान सक्दैनौँ । उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गर्न मिल्छ ? सरकारले नागरिकलाई त्यसरी अयोग्य घोषणा गर्न सक्छ ? शिक्षामा गुणस्तरियता नभएकोले यस्तो भएको हो ।’


बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । 


उहाँले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनि प्रश्न समेत गर्नुभयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग

Next Post

दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहमा कमी आएन

Next Post
दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहमा कमी आएन

दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहमा कमी आएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन