• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजी

नीतिप्रेस by नीतिप्रेस
June 30, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजीसहितको प्रर्दशन गरिएको छ ।


नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम अघि नबढेपछि अध्यक्ष विपुल पोखरेलको राजीनामा माग गर्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, नेपाल लगायतका पत्रकारहरुको संघ, संगठनले काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन् । महासंघले निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुले मनोनयन गर्ने कार्यतालिका थियो । तर काँग्रेस निकट प्रेस युनियन नेपालले सदस्यता नविकरणमा असहमती जनाउँदै महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेपछि प्रेस चौतारी नेपाललगायतका संगठनहरुले निर्वाचन प्रक्रियामा तलमाथि नगर्न चेतावनी दिँदै महासंघको नेतृत्वविरुद्ध नाराबाजी गरेको हो । उम्मेदवारी दर्ता गर्ने महासंघको हरेक सदस्यको अधिकार सुरक्षित गराउनका लागि आफूहरुले महासंघको नेतृत्वको ध्यानाकर्षण गराएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताउनु भयो । उहाँले निर्वाचन कार्यतालिका अनुसार मनोनयनको काम अघि नबढाएर निर्वाचन समिति र महासंघको नेतृत्व चुनाव हार्ने डरले भागेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । अध्यक्ष बस्नेतले निर्वाचनबाटै निर्वाचित महासंघको अध्यक्ष पोखरेलले निर्वाचनबाट भाग्ने खालको गतिविधि गर्न नहुने पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘निर्वाचनमा हारजित हुनसक्छ । तर जे भएपनि निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्छ भनेर प्रेस चौतारी नेपालको तर्फबाट हामीले नोमिनेशन दर्ता गर्न म अध्यक्षको उम्मेदवारसहित यहाँ लिएर आएको थिएँ । तर यहाँ आउँदा ताला लागेको रहेछ । साथीहरु जम्मा हुनु भएको छ । निर्वाचन समितिका पदाधिकारीहरु कहाँ हुनुहुन्छ ? हामीले थाहा पाएका छैनौं । नेपाल पत्रकार महासंघका अध्यक्षज्यू भाग्नु भएको भन्ने जानकारी मैले पाएको छु । उहाँहरु कता भाग्नु भएको हो ? थाहा छैन । उहाँहरुले निर्वाचन प्रक्रिया अनुसार मनोनयनका लागि तयार हुनुहुन्छ भन्ने विश्वासका साथ यहाँ बसिराखेका छौं । अहिले हामी उम्मेदवारी मनोनयनका लागि आएका हौं । उम्मेदवारी मनोनयन गर्न आएका साथीहरुले मनोनयन गर्ने ठाउँ नपाएपछि गर्नु भएको होला नाराबाजी । नेपाल पत्रकार महासंघका जति सदस्य साथीहरु हुनुहुन्छ । हरेक सदस्यलाई उम्मेदवारी मनोनयन गर्ने अधिकार छ । उहाँहरु स्वतस्फूर्तः रुपमा उम्मेदवारी मनोनयन गर्न आउनु भयो । अव मनोनयन गर्न यहाँ आउँदा के भयो । नोमिनेशनका लागि साथीहरु आउनु भएको छ । र अध्यक्षज्यु यसरी भाग्नु हुन्नथ्यो भन्ने मलाई लाग्छ । यद्यपि हामी खोजिराखेका छौं । उहाँ भाग्नु हुन्न । किनभने मतदानबाटै उहाँ निर्वाचित हुनुभएको हो । उहाँ नेपाल पत्रकार महासंघको सदस्यबाट नै निर्वाचित भएको अध्यक्ष हो भने पक्कै यहाँ आउनु हुन्छ । र, स्थिति सम्हाल्नु हुन्छ भन्ने मेरो विश्वास हो ।’


नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते तोकिएको छ । त्यसका लागि असार १५ गते (आज) मनोनयन कार्यतालिका तय गरिएको थियो । तर नेपाल प्रेस युनियनबाट निर्वाचितमहासंघको नेतृत्वको निर्वाचन भाँड्ने काम गरेको प्रेस चौतारी नेपालको आरोप छ । अध्यक्ष गणेश बस्नेतले महासंघलाई वैधानिक रुपमा अघि बढाउन पनि यसको निर्वाचन प्रक्रियालाई अघि बढाउनुको विकल्प नरहेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न

Next Post

पार्टी महाधिवेशनमा भेला, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्छः अध्यक्ष नेपाल

Next Post

पार्टी महाधिवेशनमा भेला, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्छः अध्यक्ष नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन