• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शहरी विकासमन्त्री सिंह र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता

नीतिप्रेस by नीतिप्रेस
July 16, 2024
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।


मन्त्री सिंहलाई भेट्न भारतीय राजदुत श्रीवास्तव मङ्गलवार सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा पुग्नुभएको थियो । मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुकाबीचमा नेपालको शहरी विकासको क्षेत्रमा भारतीय सरकारले गर्नसक्ने सहयोगको सम्बन्धमा कुराकानी भएको छ । भेटवार्ता पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भारतको अनुदान सहयोगमा निर्माण भइरहेका नेपालका पुरातात्विक सम्पदाहरुको बारेमा समिक्षा भएको जानकारी दिनुभयो । भेटमा  राजदुतले भारतको सहयोगमा विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, महेन्द्रनगरमा एकीकृत जाँच चौकी निर्माण भइरहेको र त्यसमा नेपालले आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराएको भन्दै सन्न्तोष व्यक्त गर्नुभएको उहाँले बताउनु भयो । त्यस्तै राजदुत श्रीवास्तवले भारतीय राजदुताबासबाट २० करोड रुपैयाँसम्मको लागतमा पूर्वाधार निर्माणको काम गर्न तयार रहेको कुरा राख्नुभएको पनि उहाँले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो – ‘भारतीय राजदुत महामहिम नविन श्रीवास्तवले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीज्युसँग मैत्रीपूर्ण भेट गर्नुभयो । भेट विशेषगरी उपप्रधानमन्त्रीज्यूको सफल कार्यकालको शुभकामनाको लागि थियो । बधाई र शुभकामना व्यक्त गर्नुभयो । र भारत सरकारले नेपालको शहरी विकासमा के–कस्तो सहयोग गर्न सक्ने सम्भावना छ ? हामी सहयोग गर्न तयार छौँ भन्ने कुरा उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । र अहिले भारतीय सहयोगमा पुनःनिर्माणका केही काम भइरहेका छन् । बिहारहरु लगायत केही पुरातात्विक संरचनाहरुको मर्मत सम्भारमा भारतीय अनुदान प्राप्त भएको छ । त्यो बारेमा सामान्य समिक्षा ग¥यौँ । भारतको सहयोगमा बिराटनगर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, महेन्द्रनगरमा एकीकृत जाँच चौकी निर्माण भइरहेको छ । त्यो पूर्ण रुपमा भारतीय सरकारको सहयोगमा बनेको हो । त्यसका लागि जग्गा उपलब्ध गराउने, सामग्रीहरु उपलब्ध गराउने काम शहरी विकास मन्त्रालयमार्फत भइरहेको थियो । त्यसमा उहाँले सन्तोष व्यक्त गर्नुभयो । भारतीय राजदुतावासबाट २० करोड सम्मको लागतमा साना साना पूर्वाधारको निर्माण कार्य गर्नलाई सहयोग प्राप्त हुन्छ, सबै जिल्लामा यो कार्यक्रम लागु गर्न सकिन्छ । त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट एउटा नयाँ कार्यविधि पास भएको छ । त्यो कार्यविधि अनुसार कस्तो कस्तो आयोजनाहरु लिने ? त्यसमा कुन पार्टीको के भुमिका हुन्छ भन्ने कुरा व्यवस्था गरिएको छ । त्यो अन्तर्गतक केही काम गर्न हामी तयार छौँ भन्ने कुरा उहाँले व्यक्त गर्नुभयो । फोहोरमैला व्यवस्थापन, नदीनालाहरुको प्रदुषणलाई नियन्त्रण गर्ने काममा पनि सहकार्य गर्न सक्छौँ मिलेर काम गरौँ भन्ने कुरा राख्नुभयो । सस्टेनेवल अर्वान डेभलपमेन्टको लागि नेपाल र भारतका बिचमा सहमती गर्ने एमओयु गर्ने । हस्ताक्षर गरेर काम गर्ने भनेको । सहमतीका लागि अर्थ मन्त्रालय पठाएका छौँ । सौहार्दपूर्ण कुराकानी भयो ।’


भेटवार्तका क्रममा फोहोरमैला व्यवस्थापनका काममा पनि नेपाल–भारतका बीचमा सहकार्य गर्ने सहमती भएको उहाँले बताउनु भयो । सचिव गेलालले सौहार्दपूर्ण रुपमा कुराकानी भएको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

यो केपी ओलीको सरकार हो, लामो समय चल्छः खानेपानीमन्त्री यादव

Next Post

सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम हुन्छः प्रधानमन्त्री ओली

Next Post

सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम हुन्छः प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन