• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम हुन्छः प्रधानमन्त्री ओली

नीतिप्रेस by नीतिप्रेस
July 16, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताउनुभएको छ ।


प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मंगलवार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले कठिनाईमा परेको जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने उल्लेख गर्दै आश्वस्त हुन पनि सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताउनु भयो । उहाँले नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याविनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गर्नुभयो । 
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘साथीहरुलाई म विश्वस्त, आश्वस्त र ढुक्क रहन म के आग्रह गर्न चाहन्छु भने यो सरकारले सुशासन र विकासको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रण र उन्मुलनको सन्दर्भमा, विकासको कामलाई अगाडि बढाउने सन्दर्भमा र जनतालाई अपm्ठ्यारो परेको बेला कठिनाईमा भएका जनतालाई हेर्ने कुरामा । यो तीन वटै पक्षमा सामाजिक क्षेत्र, विकासको क्षेत्र र साशन प्रशासनको क्षेत्र सबैतिर सकारात्मक देखिने गरी परिणाम आउने गरी काम गर्छ भन्ने कुरा विश्वस्त रहन म साथीहरुलाई आग्रह गर्न चाहन्छु । आज देशमा अलिकति परिवर्तन भएको छ । सरकार परिवर्तन भएको छ । सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन । सरकार समयसमयमा परिवर्तन भइरहन्छ । तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरुमा पनि जगाएको छ । र, सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु–नेपाली जनतामा जुन विश्वास जागेको छ । आशा, भरोसा जागेको छ । सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस भन्नका लागि । यस चिजमा मेरो ध्यान गएको छ । प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुुनका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ । र मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रीपरिषदलाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपांगता भएका व्यक्तिहरुका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस् । अथवा उद्योग व्यवसाय चलाउने व्यवसायीहरुको निम्ति होस् । व्यापार गर्ने व्यवसायीहरुको निम्ति होस् । कृषि क्षेत्रमा लागेका किसानहरु वा अन्य विभिन्न क्षेत्रमा पर्यटन क्षेत्र, सामाजिक सेवाको क्षेत्रमा लागेका, सेना, प्रहरी, कर्मचारी, उहाँहरुको पनि वृद्धि विकासका सन्दर्भमा, सुविधाको सुरक्षा र संवद्र्धन गर्ने सन्दर्भमा के , कस्तो गर्न सकिन्छ ? मैले यथाशाक्य सकारात्मक ढंगले सोच्ने र अगाडि बढाउने काम गरेको थिए । यस पटक मसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरु पनि छन । मैले अप्ठयाराहरुसँग जुधेको छु । कोभिडसँग जुधेको छु । नाकाबन्दीसँग जुधेको छु । पार्टी भित्रैका डरलाग्दा अप्ठयाराहरुसँग जुधेको छु । घेराबन्दीसँग जुधेको छु । ती अनुभवहरु पनि मसँग छ । आज कतै पनि त्यस्तो स्थिति छैन । आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन । हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति पनि छैन । आज एकैचोटी मनसुनको बढी चापले गर्दा केही बाढी पहिरो, केही सडक पुलहरु भत्किने र त्यसबाट जनधनको क्षति हुने त्यस्ता कुराहरु भएका छन् । हाम्रो भौगोलिक स्थितिले पनि यस्ता कुराहरु रोक्न कठिनाई भईरहेको छ । तर आगामी दिनमा यस्ता प्राकृतिक विपत्तिहरुको कसरी न्यूनिकरण गर्न सकिन्छ ? जस्ता कुराहरुलाई पनि ध्यान दिने । हामीले तीन वर्ष अगाडि मात्रै कसरी सिन्धुपाल्चोकमा विपत्ति भएको थियो ? त्यो हे¥यौं । मेलम्ची खानेपानीको अवस्था । र, हाम्रा पहिरोले नदी रोकेर कसरी क्षति पु¥याएको थियो, त्यो पनि हामीले देखेका छौं । यी सबै कुराहरु हामी सम्झिरहेका छौं । र, यो एक ठाउँको मात्रै कुरा होइन । विभिन्न जिल्लाहरुमा यस्ता भएका छन । त्यसप्रति सजग छौ हामी । हिजो मात्रै मन्त्रीपरिषद बैठकले पनि त्यस विषयमा गम्भिरताका साथ ध्यान दिएको छ । गृहमन्त्रीजीले धेरै गम्भिरतापूर्वक त्यसलाई अध्ययन गरिरहनुभएको छ । सम्भवत आज,भोलीसम्ममा त्यता गएर स्थलगत अध्ययन गर्न आवश्यक पर्न पनि सक्छ । उहाँले अध्ययन गर्दै हुनुहुन्छ अहिले । स्थानीय प्रहरी, प्रशासन सबैतिरबाट रिर्पोट लिने काम गर्दै हुनुहुन्छ । त्यसमा उहाँले जिम्मा लिएर काम गरिरहनु भएको छ । त्यसमा राहत कसरी पु¥याउने, उद्धार कसरी गर्ने र पुनस्र्थापनामा कसरी गर्ने ? गत वर्षको जाजरकोट केन्द्रित भूकम्पबाट भएको क्षतिको सन्दर्भमा पनि हामीले छिट्टै नै आभास निर्माणका लागि किस्ता रकम दिने कुरामा ध्यान दिने भनेका छौँ । यसरी हाम्रो ध्यान गएको छ विकासका कुराहरुमा । विकास, निर्माणका कुरा मात्रै होइन हामीेले एक वर्ष भित्र हिजोको मितिले एक वर्ष भित्र हाम्रा छोराछोरी, हाम्रा केटाकेटी कुनै पनि कारणले सडकमा गएर अलपत्र, खाते भन्ने हुँदैन । ती भविष्यका कर्णधार बालबालिकाहरुलाई फस्टाउन दिनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौं । हामीले कीर्तिपुर क्रिकेट रंगशालालाई ३०० दिन भित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने भनेका छौं । हिजो त हामीले सुरु मात्रै गरेका हौं । हिजो हामीले खाली औपचारिक क्याविनेट बैठक मात्रै गरेका हौ । यस उप्रान्त मन्त्रालयगत हिसावले हामी विकासको कामलाई कसरी अघि बढाउँछौं ? भन्ने कुरा हामीले देखाउँछौं ।’


प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तिब्रताका साथ काम गर्ने बताउनु भयो ।

[adrotate banner= “6”]

[adrotate banner= “5”]

[adrotate banner= “4”]

Previous Post

शहरी विकासमन्त्री सिंह र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता

Next Post

एउटै पार्टीले बहुमत ल्याउन सक्नेगरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छः मिनेन्द्र रिजाल

Next Post

एउटै पार्टीले बहुमत ल्याउन सक्नेगरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छः मिनेन्द्र रिजाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन