• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकीमा मन्त्रालय नथप्ने अडानमा एमाले

नीतिप्रेस by नीतिप्रेस
August 4, 2024
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्त्रालयको संख्या बढाउन त्यति सजिलो छैनः नेता अधिकारी

[adrotate banner= “3”]

पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताएका छन् ।

शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ‘गण्डकी दर्पण’को विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको संख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताए । एमालेले मन्त्रालयको संख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको संख्या बढाएर १२ सम्म पु¥याउनेमा रहेको देखिएको उनको संकेत थियो । केन्द्रीय गठबन्धन परिवर्तन भएको एक महिना बित्दा समेत गण्डकी प्रदेशमा एमाले सरकारमा सहभागिता नभएको विषयमा चासो बढिरहेको समयमा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता समेत रहेका अधिकारीले संवाद भने भइरहेको खुलाएका हुन् । उनले वर्तमान मुख्यमन्त्रीले भनेझैं मन्त्रालयको संख्या बढाउन त्यति सजिलो भने नरहेको दाबी गरे ।

अर्को प्रसंगमा अधिकारीले अब सरकार राष्ट्रिय पुँजी निर्माण गर्ने भावना र योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । अहिलेको अवस्थामै देश अगाडि बढे देशको अर्थतन्त्र दुर्घटनामा पर्ने भएकोले राष्ट्रिय पुँजी निर्माण आवश्यक पर्ने उनको भनाइ थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएकोले नयाँ आशाको सञ्चार भने गराएको उनको भनाइ थियो ।

एमाले सरकारमा गएपछि शक्ति सञ्चय गर्दै मिसन ०८४ को अभियानलाई पूरा गर्नको लागि सबैले मिहेनत गर्नुपर्ने उनले बताए । ‘सरकारले राम्रो काम गर्नुप¥यो, भष्ट्राचार रोक्नुप¥यो, हाम्रा मन्त्रीहरू विवादित हुनु भएन,’ उनले भने । २ प्रतिस्पर्धीबीचको सहकार्य सानोतिनो चोटमा नहुने भएकोले संयुक्त सरकारका नियममा रहेर उत्कृष्ट कार्य गर्नुपर्ने उनको भनाइ थियो ।

एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माण भएपछि एमालेलाई सिध्याउने योजना बनाएकालाई छटपटी भइरहेको उनको दाबी थियो । पार्टी सदस्यता थप्न र टोलटोलमा पार्टी कमिटी पु¥याउनको लागि नेता तथा कार्यकर्तालाई खट्न उनको आग्रह थियो ।

‘०८४ मा वडादेखि पालिका, प्रदेशदेखि राष्ट्रिय सभासम्म हाम्रो बहुमत आउने गरी लाग्नुपर्छ, त्यसो भए मात्र समाजवादतर्फ यात्रामा जान सक्छौ’ उनले भने ।

कार्यक्रममा प्रादेशिक संमृद्धिका लागि योजनाबद्ध विकासका आधार एवं प्राथमिकताहरु सम्बन्धमा परिचर्चा समेत गरिएको थियो । यसको प्रस्तुति गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले राखेका थिए । नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष एवं वागमती प्रदेशका सासंद डा.दिनेशचन्द्र देवकोटाले उत्पादनसँग नजोडिएको शिक्षा प्रणालीका कारण अध्ययनको लागि विदेश जानेको संख्या बढेको बताए । देशको विकासमा विभिन्न चुनौतीहरु रहेकोले ती चुनौतीलाई चिर्दे अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ थियो ।

नेपाल बुद्धिजीवी परिषद गण्डकीका अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भोजराज दाहाल, सञ्चालन सचिव बाबुराम केसीले गरेका थिए । कमिटीद्वारा प्रकाशित स्मारिका गण्डकी दर्पणको समीक्षा राधाकृष्ण लामिछानेले गरेको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी र नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले समेत बोलेका थिए ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

स्टेप बाइ स्टेपले गर्यो कक्षा ११ का बिद्यार्थीलाइ स्वागत, असल नागरिक बन्ने लक्ष्यसहित अध्ययन गर्न सुझाव

Next Post

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

Next Post

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन