• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्छ ः उपराष्ट्रपति यादव

नीतिप्रेस by नीतिप्रेस
August 20, 2024
in समाचार
0
सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्छ ः उपराष्ट्रपति यादव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताउनुभएको छ ।


सोमवार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्रमा सार्वजनिक निकायबाट भएका हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताउनुभएको हो । उहाँले नागरिकले सूचना माग गरेको अवस्थामा प्रत्येक सार्वजनिक निकाय र कार्यरत पदाधिकारीले तत्कालै उपलब्ध गराउन सक्नुपर्ने बताउनु भयो । उहाँले सूचनाको हकलाई विश्वभर सर्वसाधारण नागरिकका लागि आवश्यक अधिकारका रुपमा स्वीकार गरिएको उल्लेख गर्नुभयो । उहाँले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षले थप सजगता र सक्रियता साथ प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति यादवले सूचनाको हकले सरकारी काम, कारबाहीहरुलाई पारदर्शी बनाउने पनि बताउनु भयो । उहाँले सूचनाको हकले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउँदै भ्रष्टाचार र अनियमिततालाई कम गर्न पनि सघाउने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘लोकतन्त्रमा सार्वजनिक निकायबाट भएका हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्दछ । आम नागरिकले सुचना माग गरेको अवस्थामा प्रत्येक सार्वजनिक निकाय र कार्यरत पदाधिकारीले त्यो तत्कालै उपलब्ध गराउन सक्नुपर्दछ । सूचनाको हकलाई लोकतन्त्रमा सर्वसाधारण नागरिकका लागि अत्यन्त आवश्यक अधिकारका रुपमा विश्वभर नै स्वीकार गरिएको अवस्था छ । यस सन्दर्भमा सूचनाको हकको महत्व र उपादायता झनै बढी छ । अतः यस सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्ष थप सजगता र सक्रियतासाथ अधिकतम प्रयासमा लाग्न सक्नुपर्दछ । सुचनाको हक विभिन्न कारणले महत्वपूर्ण छ, यसले सरकारी काम, कारबाहीहरुमा पारदर्शीतालाई सुनिश्चित गर्दछ । आम नागरिकलाई सरकार वा सरकारी निकायले कसरी काम गरिरहेको छ भन्ने जानकारी यसबाट प्राप्त गर्न सजिलो हुन्छ । यो हकले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही मात्रै बनाउँदैन भ्रष्टाचार र अनियमिततालाई कम गर्न पनि सघाउँदछ । सूचनाको हकले नागरिकको सशक्तिकरणमा पनि सहयोग पुग्दछ । यसले सरकारी नीति तथा कार्यक्रम बारे नागरिकहरुलाई जानकारी प्राप्त हुनुका साथै उनीहरुको अधिकारको रक्षा गर्न पनि त्यत्तिकै सघाउँदछ । यसले लोकतन्त्रलाई बलियो बनाउनुका साथै सामाजिक न्यायलाई बढावा पनि दिन्छ ।’


उपराष्ट्रपति यादवले राष्ट्रिय सूचना आयोगको प्रयासबाट नेपालमा सूचनाको हकले भ्रष्टाचारको खुलासा, सार्वजनिक सेवाहरुमा सुधार, नीतिहरुमा पारदर्शिता, सामाजिक न्याय र सशक्तिकरणमा सहयोग पु¥याएको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपाल—भारत सम्बन्धमा भारतीय कर्मचारीतन्त्रले गर्दा मोदीले चाहेर पनि केही हुने अवस्था छैन– पूर्वराजदूत दीपकुमार उपाध्याय

Next Post

वसन्तपुरमा गाईजात्रा मनाउन शुरु

Next Post
वसन्तपुरमा गाईजात्रा मनाउन शुरु

वसन्तपुरमा गाईजात्रा मनाउन शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन