• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्रीको निर्देशन

नीतिप्रेस by नीतिप्रेस
August 29, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्रीको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाउनुभएको छ ।


बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरुका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने बताउनु भयो । भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरु स्वयंले पनि बताइसकेको भन्दै सरकारले आवश्यक ध्यान दिइ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले हरेक प्रदेश र जिल्ला—जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीहरुलाई अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सिक्नका लागि अनुकलता, वातावरण चाहिन्छ । कहाँ सिक्ने, कसरी सिक्ने त्यसका निम्ति अस्ति खेलाडी टिमले पनि बताइसकेको छ । हामीलाई लगातार सिक्नका लागि कभर्ड हल आवश्यक छ । हरेक मौसममा सिक्नका लागि कभर्ड हल आवश्यक छ । हामीसँग कभर्ड हल छैन । अहिले हामी कभर्ड हलको कुरा गर्दैछौँ । प्रदेश प्रदेशमा भयो भने सकेसम्म जिल्ला, जिल्लामा पुग्यो भने हामी त्यहीँ सिक्न सक्छौँ । त्यसकारण यसको बिस्तार र शुरुवात गरिनुपर्छ । खेलाडीहरुले सुविधा प्राप्त गर्ने हो भने, सुविधा प्राप्त नगर्दा त हामी यत्तिको उन्नतिमा आएका छौँ भने तेस्रो गेम सकिँदासम्म हाम्रो आशा माथि थियो । चौथो गेमले बराबर गरायो । पाँचौँ पुग्दा हामी हा¥यौँ । तर त्यस भन्दाअघि त्यही टिमलाई हा¥यौँ पनि । प्राविधिक हिसावले हामी हारेका हाँै । यथार्थमा बराबरी खेलेका थियौँ । मन खुम्च्याउनुपर्ने आवश्यकता छैन । हामी जित्न सक्छौँ । सर्वोत्कृष्ट टिम बन्नसक्छौँ । दक्षिण एशिया, एशिया र सिंगै विश्वकै हुन सकिन्छ । नसक्ने भन्ने केही छैन । हामीले सुविधा खेलाडीलाई उपलब्ध गराउने कुरामा अलि बढी ध्यान दिनुपर्छ । यसमा हामी सबैको ध्यान गएको छ । तसर्थ यस अवस्थालाई हामी अवश्य परिवर्तन गर्नेछौँ । देशको अर्थतन्त्रको स्थिति राम्रो छैन । हामी कतिसम्म सक्छाँै सुविधाहरु, भौतिक पूर्वाधारहरु र अन्य सुविधाहरु वृद्धि गर्नमा हाम्रो अधिकतम ध्यान जानेछ ।’


प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको बताउनु भयो । केही समयअघि भूटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी रंगशाला निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले दर्शकलाई देखाउने गरीको खेल खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै मैदान चुस्त, दुरुस्त बनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मैदानको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘मैले भित्रै गएर त हेरेको छैन तर दशरथ रंगशालाको खेल मैदान धेरै बिग्रिएको भन्ने छ । म ०४४ सालमा जेलबाट छुटेपछि खेल पनि हेर्ने गरेको छु । जाने पनि गरेको छु । यति साह्रो बिग्रिएको खेल मैदान मैले देखेको थिएन । अहिले हिलै छ । अस्ति एउटा खेल देख्दा देशकै बेइज्जत भए जस्तो लाग्यो । त्यसकारण यस्तो देशकै बेइज्जत हुने खालको स्थिति हुनु हुँदैन । अन्यत्र त्यस्तो प्यारापिट नै छैन जहाँ हामी खेल खेलाएर दर्शकलाई देखाउन सकौँ । दर्शकलाई देखाउने गरीको खेल खेल्ने हो भने अन्त प्यारापिट छैन । हामीलाई २०÷२५ हजारको क्षमताको त्यस्तो मैदान त चुस्त दुरुस्त चाहिन्छ नै । त्यसको दुरुपयोग नहोस् । खासगरी यो स्तरीय खेलहरुका लागि हो, खासगरी त्यो फुटबल जस्ता खेलहरुका लागि हो । अरु खेल खेल्नु छ भने तदनुसारका खेल मैदानहरु तयार गर्नुपर्छ ।’


प्रधानमन्त्री ओलीले १० औं राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त दुरुस्त बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले आजबाटै मैदान उत्कृष्ट बनाउन शुरु गर्न निर्देशन दिनुभयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

अमेरिकी विशेष सल्लाहकारद्वारा ट्रम्पविरुद्ध नयाँ अभियोग दायर

Next Post

खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँः मन्त्री चौधरी

Next Post
खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँः मन्त्री चौधरी

खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँः मन्त्री चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन