• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भुक्तानी नपाए २० हजार प्राविधिक र लाखौं मजदुरको हात दशैँमा रित्तो हुन्छः निर्माण व्यवसायी

नीतिप्रेस by नीतिप्रेस
October 3, 2024
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

निर्माण व्यवसायीहरुलाई सरकारले करिव ४५ अर्ब रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानी माग्नका लागि निर्माण व्यवसायीहरु विभिन्न निकायहरु धाईरहेका छन् । निर्माण व्यवसायीहरूले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले रकम भुक्तानीको लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेको छ । तर सरकार भने निर्माण व्यवसायीहरुको भुक्तानी निरन्तर भइरहेको बताएको छ । सरकारले करिव २० अर्ब बढी रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी गरिसकेको र बाँकी रकम दशैँअघि दिने कोशिस भइरहेको बताउँदै आएको छ । निर्माण व्यवसायीहरु नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार समस्या समाधान गर्न नसकेको भन्दै गुनासो गरिरहेका छन् । सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रूपमा काम गर्ने वातावरण बनाउने आश्वासन दिएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरूमा निराशा छाएको छ । विगतमा दशैँअघि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिने गरेको थियो । तर यो वर्ष भुक्तानी नदिँदा निर्माण व्यवसायीहरुसँग जोडिएका प्राविधिकदेखि मजदुरहरुलाई तलव दिनसक्ने अवस्था नरहेको उनीहरुको भनाई छ । साथै चाडपर्वको मुखमै विपद्जन्य घटनाका कारण परिस्थिति सहज बनिरहेको छैन । १५ हजार सक्रिय निर्माण व्यवसायी,२० हजार प्राविधिक र लाखौं मजदुरलाई निर्माण व्यवसायीहरुले दशैँको लागि तलव दिनसक्ने अवस्था नभएको निर्माण व्यवसायीहरुले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले विभिन्न निकायबाट ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने भएपनि अहिलेसम्म भुक्तानी नपाएको बताउनु भयो । उहाँले शिथिल अवस्थामा रहेको निर्माण क्षेत्र पछिल्लो बाढी पहिरोको कारण थप मारमा परेको बताउनु भयो । उहाँले दशैँमा प्राविधि र मजदुरलाई तलव भत्ता समेत दिन नसक्ने अवस्थामा व्यवसायीहरु रहेको बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिँदा लाँखौं मजदुरहरुको विचल्ली हुने अवस्था आएको बताउनु भयो । उहाँले करिव २ हजार बढी सक्रिय व्यवसायीहरुले सरकारबाट भुक्तानी नपाएको बताउनु भयो । उहाँले मुलुकमा आएको प्राकृतिक विपत्तिले पनि निर्माण व्यवसायीहरुलाई थप प्रताडित बनाएको बताउनु भयो । उहाँले बाढी पहिरोको कारण मुलुक भर निर्माणका सामग्री र आयोजनाहरु अस्तव्यस्त भएको बताउनु भयो । उहाँले अहिलेकोअवस्थामा दशैँमा निर्माणसँग सम्बन्धित लाखौं मजदुरको चुलो बाल्नुपर्ने भएपनि सरकारलाई भुक्तानी दिएको कारण व्यवसायीहरु संकटमा रहेको बताउनु भयो । उहाँले सरकारबाट भुक्तानी नआएसम्म सप्लाई र मजदुरहरुलाई व्यवसायीहरुले भुक्तानी गर्नसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले  सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रमा जोडिएका १५ देखि २० हजार प्राविधि र लाखौं मजदुरहरु प्रभावित हुने बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिँदा मजदुरहरुले रमाइलोसँग दशैं मनाउन नपाउने अवस्था सिर्जना हुन लागेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘करिव २ हजार बढी सक्रिय व्यवसायीहरु भुक्तानी नपाएको चपेटामा परेका छन् । यस्तो अवस्थामा मुलुकमा आएको प्राकृतिक विपत्तिले पनि निर्माण व्यवसायीहरुलाई प्रताडित भएका छौं । बाढी पहिरोको कारण मुलुक भर निर्माणका सामग्री र आयोजनाहरु अस्तव्यस्त भएका छन् । यस्तो अवस्थामा दशैंमा निर्माणसँग सम्बन्धित लाखौं मजदुरको चुलो बाल्नुपर्ने छ । तर व्यवसायीहरु संकटमा छौं । सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रमा काम गरिरहेको १५ देखि २० हजार प्राविधि र त्यही अनुसारका व्यवसायी र लाखौं मजदुरहरु प्रभावित हुनछन् । उनीहरुले जसरी दशैं मनाउनुपर्ने हो त्यही अनुसार दशैं मनाउन नपाउने देखिन्छ । निर्माण व्यवसायीहरुले त्यो खालको वातावरण दिनसक्ने अवस्था छैन ।’ 


निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राम्जी पन्तले नारायणी नदी व्यवस्थापनको काम गरेको अघिल्लो आर्थिक वर्षको ३० करोड बढी भुक्तानी आउन बाँकी रहेको बताउनु भयो । न्युज एजेन्स्ी नेपालसँग कुरा गर्दै उहाँले अहिलेसम्म एक रुपैयाँ पनि बजेट नभएकाले भुक्तानी पाउन नसकेको बताउनु भयो । उहाँले पछिल्लो समय ८९ प्रतिशत निर्माण व्यवसायीहरु सडकमा आएको बताउनु भयो । निर्माण व्यवसायीहरुको सरकारले समयमा भुक्तानी गर्न नसक्दा व्यवसायीहरुले प्राविधिक,मजदुर र बैंकको किस्ता समेत तिर्न नसकेको उहाँको भनाई छ । उपाध्यक्ष पन्तले यो वर्षको लागि निर्माण व्यवसायीहरुको लागि दशैं सुखद् नभएको बताउनु भयो । उहाँले बैंकहरुबाट थप ऋण लिएर मजदुर प्राविधिकलाई तलव दिने सोचिरहेको बताउनु भयो ।


नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीहरुसँग हजारौं मजदुर र उनीहरुका परिवार आश्रित रहेको बताउनु भयो । उहाँले मजदुर र मजदुरका परिवारको लागि यो वर्षको दशैँमा सरकारले भुक्तानी नदिएको कारण तलव दिनसक्ने अवस्था नभएको बताउनु भयो। उहाँले निर्माण व्यवसायीहरुसँग जोडिएका अन्य सप्लार्सहरुको समेत भुक्तानी दिन नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । घिमिरेले सरकारले व्यवसायीहरुको भुक्तानी दिने छाट नदेखेको भन्दै दशैंमा मजदुरहरुको हात खाली पठाउनुपर्ने स्थिति सिर्जना भएको बताउनु भयो । उहाँले बैंकबाट ऋण लिने सिमामा समेत सकिएकाले तलव दिनसक्ने अवस्था नभएको बताउनु भयो । 


निर्माण व्यवसायी प्रमोद लामिछानेले पनि सरकारले निर्माण व्यवसायीहरुको समयमा भुक्तानी दिन नसक्दा व्यवसायी मात्रै नभएर निर्माणसँग जोडिएका सप्लायर्सदेखि मजदुरसम्म प्रभावित भएको बताउनु भयो । उहाँले भुक्तानी नपाउँदा निर्माण व्यवसायी मात्रै नभएर धेरै पक्षलाई असर पर्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुसँग जोडिएका मजदुर परिवारको दशैंमा तलव नपाउँदा बिचल्ली बन्ने अवस्था आउने बताउनु भयो । उहाँले गत वर्षदेखि सरकार र मन्त्रीहरु भुक्तानी दिने आश्वसन दिने तर काम नगर्ने अवस्था रहेको बताउनु भयो । 


वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले सरकारले पूर्णरुपमा निर्माण व्यवासायीको भुक्तानी दिन नसक्दा मुलुकको अर्थतन्त्रमा समस्या आएको बताउनु भयो । उहाँले सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रसँग सम्बन्धि हजारौं मजदुरहरुले यो वर्षको दशैंमा तलव नपाउने अवस्था रहेको बताउनु भयो । उहाँले दशैंअघि पूर्ण रुपमा भुक्तानी पाउने आशा व्यवसायीहरुमा मरेर गएको बताउनु भयो । 


निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्ष विजयकुमार देउजाले पनि निर्माण व्यवसायीहरुले भुक्तानी नपाउँदा मुलुको समग्र अर्थतन्त्रमा असर परेको बताउनु भयो । उहाँले दशैंअघि भुक्तानी नपाए निर्माण क्षेत्रका मजदुरहरुमा ठूलो प्रभाव पर्ने बताउनु भयो । 


दशैंअघि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिए लाखौं मजदुर प्राविधिले तलव पाउने अवस्था नभएको दाबी गर्नुभयो । उहाँले सरकारले दशैँअघि भुक्तानीको व्यवस्था गरी निर्माण मजदुरले खुशीका साथ दशैँ मान्ने वातावरण बनाउन माग गर्नुभयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिऔँः सभामुख घिमिरे

Next Post

दशैँ घरमा जमरा राखियो (तस्बिरहरु)

Next Post

दशैँ घरमा जमरा राखियो (तस्बिरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन