• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विपद् प्रभावितहरु पहिचान भएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा हुन्छः गृहमन्त्री

नीतिप्रेस by नीतिप्रेस
October 5, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरुको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिनुभएको छ ।


शनिवार मन्त्रालयलमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको माग सम्बोधन गर्दै आमरण अनसन तोडिसकेपछि बोल्दै गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरुको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताउनुभएको हो । उहाँले त्यसको लागि स्थानीय तहले चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताउनु भयो । उहाँले अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएर काममा लागेको बताउनु भयो । उहाँले विपद्बाट मृत्यु भएका मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरुमा पैसा पठाइसकेको बताउनु भयो । चाँडो भन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको बताउनु भयो । उहाँले घाइतेको स्वास्थ्यलाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय भएको बताउनु भयो । उहाँले उद्धार, राहत, पुनःनिर्माण, पुनस्र्थापनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्नेकुरा अघि बढेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामी अहिले विपद्को अवस्थामा छौँ, धेरै पीडा छ । अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको छ । अहिले जुन जनधनको क्षति भएको छ, त्यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हामीले मृतकका परिवारलाई क्षतिपूर्ति भन्न त मिल्दैन । किनभने मृत्युको क्षतिपूर्ति हुँदै हुँदैन । म सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु, परिवारजनमा समवेदना र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । हामीले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरुमा पैसा पठाइसकेका छौँ । चाँडो भन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको छ । तदनुरुप राहत दिने काम भइरहेको छ । घाइतेको स्वास्थ्यलाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेका छाँै । ज्यादा नोक्शानी भएका ठाउँहरुमा विपद्बाट भएका नोक्शानीको संकटग्रस्त क्षेत्र भनेर तोकेका छाँै । त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछ । उद्धार, राहत, पुनःनिर्माण, पुनस्र्थापनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्नेकुरा अघि बढेको छ । म सबै स्थानीय तहलाई के आग्रह गर्न चाहन्छु भने चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर पठाइदियो भने पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउन सक्छौँ ।’


प्रसव पीडामा परेको महिला र ज्यान जोखिममा परेका ग्रामिण भेगका नागरिकको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धारको माग राखि भदौ २१ गतेदेखि सिलवाल आमरण अनसन बस्नुभएको थियो । गर्भवती एवं सुत्केरी महिलाहरु विपद् एवं आकस्मिक घटनाका कारण घाइते भइ सघन उपचार आवश्यक भएका तत्कालीन सडक मार्गबाट उद्धार असम्भव वा सडक मार्गबाट उद्धार गर्दा समय धेरै लागि ज्यान जानसक्ने अवस्था रहेकाहरुको आपत्कालीन हवाई उद्धार गर्ने विषयमा सहमति भएको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सरकारले विमान परिचारक/परिचारिकाको उमेर हद ५० वर्ष पु¥यायो

Next Post

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

Next Post

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन