• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

नीतिप्रेस by नीतिप्रेस
October 6, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।


उहाँले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रीकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने भएकाले विमानको टिकट महंगो हुने गरेको बताउनु भयो । उहाँले यात्रुहरु शहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महंगो भएको बताउनु भयो । सरकारले महंगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि बताउनु भयो । यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको बताउनु भयो । उहाँले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको बताउनु भयो । त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरुसँग धेरै भन्दा धेरै उडान गर्न आग्रह गरेको पनि बताउनु भयो । रात्रीकालीन सेवामा अवतरणपछि गन्तव्यस्थलमा पुग्नका लागि पनि विमानस्थल क्षेत्रका यातायात व्यवसायीहरुसँग समन्वय गरे बढी भाडा नलिकनै यात्रुहरुलाई घरसम्म पुग्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको बताउनु भयो ।  यात्रा सहज बनाइ यात्रुलाई सुविधा दिनका लागि थप प्रभावकारी ढंगले काम गरिरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘११ र १२ गते जुन भीाषण वर्षा भयो, त्यसपछि एक प्रकारको ठूला विपत्ति व्यहोर्नुप¥यो । त्यसकारण सडक सञ्जालहरु अवरुद्ध भए । केही सडक खण्डहरु अझै पनि खुल्न सकेको अवस्था छैन । त्यो अवस्थामा हवाई क्षेत्रमा स्वभाविक रुपमा चाप बढ्यो । चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने गर्दछ । जसले गर्दा प्लेनको टिकटहरु प्राप्त गर्न पनि कठिन हुने र टिकटको मूल्य पनि बढ्ने । किनभने एकतर्फी राम्रोसँग चल्ने र अर्कोतर्फी फुल प्यासेन्जर हुँदैनन्, खालि आइरहेका छौँ भनेर एयरलाइन्सहरुले आफ्नो गुनासो सुनाउने अवस्था छ । यस पटक विपत्ति र चाडवाड दुवै सँगै आएको हुनाले समस्या भएको हामीले महशुस गरेका छौँ । हवाई टिकटमा बढी मूल्य लिने गरिएको छ की भनेर हामीले निगरानी राखि नै रहेका छौँ । अनुगमन भइरहेको छ । तर यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको, विपत्ति आइसकेपछि टिकट खोज्दा दशैँ र विपत्ति दुवैले गर्दा टिकटको चाप देखियो । बिहान साढे ४ बजेदेखि राति जति बजेसम्म उडाउन सकिने हो, जुनजुन एयरपोर्टमा रात्रिकालीन सेवा दिन सकिन्छ, त्यसमा रात्रिकालीन सेवा दिनेगरी हामीले निर्णय गरेका छाँै । जसले गर्दा इतिहासमै यति धेरै फ्लाइट र यात्रुहरुको आवतजावत भएको थिएन, त्यो स्थिति निर्माण ग¥यौँ । रात्रिकालीन उडानपछि गन्तव्यसम्म पुग्नको लागि हामीले विमानस्थल स्थित यातायात व्यवसायीहरुसँग छुट्टै छलफल ग¥यौँ । उहाँहरुलाई काम पनि बढी पाउनुभएको छ रात्रीकालीन सेवा भएपछि, त्यसकारण थप बढी मूल्य नलिन आग्रह गरेका छौँ । तोकिएको रेट भन्दा बाहिर जाँदैनाँै भनेका छन् । तोकिएको रेट तिरेर र बिल काटेर जानेकुरा पारदर्शी हुन्छ भन्नेमा सहमत हुनुभयो । सामाजिक उत्तरदायित्वलाई नबिर्सिने वचनवद्धता दिनुभयो । यात्रा र यात्रुलाई सहजता दिनका लागि थप प्रभावकारी काम गरिरहेका छौँ । फ्लाइटको संख्या बढेपछि स्वभाविक रुपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको छ । फ्लाइट बढाइदिन आग्रह गर्नुभएको छ । नेपाल एयरलाइन्स र निजी एयरलाइन्ससँग समन्वय गरेर सकेसम्म बढी पm्लाइट गरिदिन आग्रह गरेका छौँ । बिस्तारै सहज हुँदै गएको छ र थप सहज हुनेछ ।’


मन्त्री पाण्डेले फ्लाइटको संख्या बढेपछि स्वभाविक रुपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको बताउनु भयो । यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरुसँग आग्रह गरेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

विपद् प्रभावितहरु पहिचान भएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा हुन्छः गृहमन्त्री

Next Post

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

Next Post

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन