• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सुनको दैनिक आयात कोटा बढाउन तयार छौँः उद्योगमन्त्री भण्डारी

नीतिप्रेस by नीतिप्रेस
October 6, 2024
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, समाचार
0
सुनको दैनिक आयात कोटा बढाउन तयार छौँः उद्योगमन्त्री भण्डारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आायत गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताउनुभएको छ ।


नेपाल रत्न तथा आभूषण संघ, १९ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले सुनको कोटा बढाउन तयार रहेको बताउनुभएको हो । अहिले नेपाल राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा २० केजी पुयाएको छ । वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । तर आवश्यकता परेको भए प्रतिदिन ४० केजीसम्म भएपनि सुनको कोटा बढाउन सकिने उद्योगमन्त्री भण्डारीले बताउनु भयो ।  मन्त्रालय सुनको कोटा प्रणालीलाई संशोधन गरेर जान तयार रहेको बताउनु भयो । उहाँले गरगहना क्षेत्रको रोजगारी र व्यवसाय जोगाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले कुनै व्यक्तिले विदेशबाट नेपाल आयात गर्दा तयारी वस्तुलाई मात्रै आयात गर्न दिइएको र कच्चा पदार्थको रुपमा ल्याउँदा सरकारले प्रतिवन्ध लगाएको भन्दै यस बारेमा पनि छलफल गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्ने पक्षमा रहेको भन्दै निजी क्षेत्रलाई फरक आँखाबाट हेर्नुपर्ने स्थिति नरहेको बताउनु भयो । उहाँले निजी क्षेत्रसँग सहकार्य र सहयात्रा गर्न सरकारले चाहेको तर त्यसमा व्यवसायिक शुद्धता आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सरकार निजी क्षेत्रसँग सहकार्य गर्ने पक्षमा नै छ । निजी क्षेत्रलाई फरक आँखाबाट हेर्नुपर्ने छैन । हामी सहकार्य र सहयात्रा गर्न चाहन्छौँ । त्यसमा पनि व्यवसायिक शुद्धता सरकारले चाहेको छ । सरकारसँग विभिन्न कोणबाट व्यवसायीहरुले छलफल, माग र सुझाव दिनुभएको नै छ । यसलाई सरकार सम्बोधन गर्न तयार नै छ । व्यवसायिक हिसावले पनि हामीले सुनसँग सम्बन्धित कारोबार गर्ने संस्थाहरुसँग पनि हाम्रा केही प्रश्नहरु छन् । आज राष्ट्रबैंकबाट कन्जुमरको हातसम्म पुग्दा कति वटा नाकाहरु पार गर्नुपर्छ, यो तपाईं हामी सबैले बुझेकै छौँ । यसको कोटा प्रणालीलाई पनि संशोधन गरौँ । आज २० केजी छ, यसलाई ४० केजी बनाउनु पर्छ की कति बनाउनु पर्छ, सरकार तयार छ । कति आवश्यक छ । योसँग रोजगारी र व्यवसाय छ, त्यसलाई पनि जोगाउन सरकार तयार छ । आज पनि आयात गर्दा कुनै व्यक्तिले विदेशबाट नेपाल आयात गर्दा तयारी वस्तुलाई आयात गर्न दिएका छौँ र रमेटिरियलको रुपमा आउँदा सरकारले प्रतिवन्ध गरेको छ । त्यसमा पनि सरकार छलफल गर्न तयार छ । हामीले त्यसलाई रमेटिरियलको रुपमा ल्याएर गुड फ्रिस गरेर पनि पठाउने कुरामा पनि कहाँ कसरी गर्नुपर्छ त्यसमा पनि सरकार तयार छ । यो व्यवसायिकतालाई जोगाउनु पर्छ । यसको नियमन सबैले देख्ने र बुझ्ने गरी गरौँ । ड्युटी कति लगाउनु पर्छ त्यसमा पनि छलफल गरौँ । नेपालको व्यवसायिकताबाट अरुले लाभ लिइरहेका छन्, यसमा पनि छलफल गरौँ ।’


मन्त्री भण्डारीले एकले अर्कोलाई दोषारोपण गरेर मुलुक बन्न नसक्ने बताउनु भयो । कानूनका अभाव र जटिलतालाई समाधान गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । निजी क्षेत्रले चिन्ने र बुझ्ने गरी र लगानीकर्ताले अब नेपालमा लगानीको वातावरण नीतिगत रुपमा सुधार भएको महशुस गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनु भयो । उहाँले आगामी संसद अधिवेशनमा धेरै भन्दा धेरै कानूनहरु पारित गर्नेगरी अघि बढ्ने बताउनु भयो । अत्यावश्यक वस्तुहरुको सहज आपूर्तिलाई व्यवस्थित गर्ने काममा सरकार लागिरहेको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

Next Post

पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी

Next Post
पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी

पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन