• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी

नीतिप्रेस by नीतिप्रेस
October 6, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ ।


महिलाहरुमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरुले देखाएको परोपकार प्रसुती तथा स्त्रीरोग अतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनु भयो । गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले गर्भधारण गरेका र सुत्केरी महिलाहरुलाई मानसिक तनाव, उदासिनता जस्ता मानसिक समस्याहरुको जोखिम अझ बढी हुने बताउनु भयो । उहाँकाअनुसार विकसित देशहरुमा करिव १० प्रतिशत सुत्केरी महिलाहरुमा मानसिक समस्या देखिने गरेको छ । नेपाल जस्ता न्युन आय भएका देशहरुमा २० प्रतिशत महिलाहरुलाई गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको निर्देशक डा. अधिकारीले बताउनु भयो । उहाँले सुत्केरी पश्चाद् एक वर्षभित्र मृत्यु हुने महिलाहरुमध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको बताउनु भयो । उहाँले नेपालको अवस्थामा १०९८, २००८ र २०२१ को मातृ मृत्यु सम्बन्धी अध्ययनहरुमा प्रजनन उमेरका महिलाहरुको मृत्युको मुख्य कारणमध्ये आत्महत्या रहेको बताउनु भयो । सन् २०२१ को जनगणनासँगै गरिएको अध्ययनले कुलमातृ मृत्युमध्ये ६ प्रतिशत मृत्यु जानिजानि गरिएको आत्महत्यबाट हुने गरेको तथ्यांकले देखाएको बताउनु भयो । उहाँले गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्रै नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर गर्ने डा. अधिकारीले बताउनु भयो । स्वास्थ्यको शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी समाज, मानसिक समस्याप्रतिको नकारात्मक धारणा र मानवीय तथा भौतिक श्रोत, साधन अभाव जस्ता मुख्य कारणले गर्दा हालसम्म गर्भवती, सुत्केरीमा हुने मानसिक स्वास्थ्य समस्याको विषय ओझेलमा परेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘महिलाहरुमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरुले देखाएको छ । त्यसमाथि गर्भधारण रहेका, सुत्केरी महिलाहरुलाई मानसिक तनाव, उदासिनता जस्ता मानसिक समस्याहरुको जोखिम अझ बढी हुन्छ । विकसित देशहरुको तथ्यांक हेर्ने हो भने करिव १० प्रतिशत सुत्केरी महिलाहरुमा मानसिक समस्या देखिने गरेको छ भने नेपाल जस्ता न्युन आय भएका देशहरुमा २० प्रतिशत महिलाहरुलाई गर्भवती, सुत्केरी अवस्थामा यस्ता मानसिक समस्या हुने देखाएको छ । सुत्केरी पश्चाद् एक वर्षभित्र मृत्यु हुने महिलाहरुमध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको छ । नेपालको अवस्था हेर्ने हो भने १०९८, २००८ र २०२१ को मातृ मृत्यु सम्बन्धी अध्ययनहरुमा प्रजनन उमेरका महिलाहरुको मृत्युको मुख्य कारणमध्ये आत्महत्या पर्दछ । सन् २०२१ को जनगणनासँगै गरिएको अध्ययनले कुलमातृ मृत्युमध्ये ६ प्रतिशत मृत्यु जानिजानि गरिएको आत्महत्यबाट हुने गरेको तथ्यांकले देखाउँछ । गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्रै नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर पर्दछ । स्वास्थ्यको शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी समाज रहेको मानसिक समस्याप्रतिको नकारात्मक धारणा र मानवीय तथा भौतिक श्रोत, साधन अभाव जस्ता मुख्य कारणले गर्दा हालसम्म गर्भवती, सुत्केरीमा हुने मानसिक स्वास्थ्य समस्याको विषय ओझेलमा परेको देखिन्छ ।’


उहाँले मानसिक समस्याहरुको समयमै पहिचान गरे भएका साधन श्रोतबाट उपचार सम्भव रहेको बताउनु भयो । नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने ब्लड स्पट टेस्टलाई न्यु बर्न स्क्र्यानिङ टेस्ट भनिन्छ । यो जाँच गर्दा शिशुको कुरकुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकाले विशेष प्रकारको फिल्टर पेपरमा राखि मेसिनमा जाँच गरिन्छ । उक्त जाँचबाट मेटाबोलिक डिजेज पत्ता लगाउन सकिन्छ । मेटाबोलिक डिजेज एउटा वंशाणुगत रोग हो । जसले गर्दा बच्चा जन्मिदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरु देखापर्दै जाने र अन्त्यमा मृत्यु हने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्नसके मृत्युबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् । परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा २०७८ साल मंसिरदेखि २०७९ साल वैशाखसम्म (६ महिना) ८ सय नवजात शिशुहरुमा गरिएको सर्वेक्षणमा १३ जना शिशुहरुमा विभिन्न किसिमको वंशाणुगत रोगहरु देखिएको निर्देशक अधिकारीले बताउनु भयो । २०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुहरुको परीक्षण गरेको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सुनको दैनिक आयात कोटा बढाउन तयार छौँः उद्योगमन्त्री भण्डारी

Next Post

सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँः मन्त्री पौडेल

Next Post

सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँः मन्त्री पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन