• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँः मन्त्री पौडेल

नीतिप्रेस by नीतिप्रेस
October 6, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरुको लागि तालिम दिने केन्द्रहरु बनाउने  तयारी गरिरहेको बताउनुभएको छ ।


गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अटिजमको समस्या भएका बालबालिकाहरु धेरै रहेकाले उनीहरुको लागि सात वटै प्रदेशमा तालिम दिने र सीप सिकाउने केन्द्रहरुको निर्माण गर्ने तयारीका लागि मन्त्रालयले समिति बनाउने पहल गरिरहेको बताउनु भयो । उहाँले जन्मिएको शिशुलाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निस्कर्ष निकाल्ने स्थिति नेपालमा हुनुपर्ने बताउनु भयो । उहाँले कुनै समस्या भए स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति निर्माण गर्न जरुरी रहेको बताउनु भयो । बालबालिकाहरुमा उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेरे शुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘जन्मिएको बच्चालाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निस्कर्ष निकाल्ने स्थिति बन्नुप¥यो । कुनै समस्या रहेछ भने बच्चाको स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति हामीले निर्माण गर्न सक्नुपर्छ । त्यो प्रसुतीबाट शुरु भएको छ । प्रसुतीकै नेतृत्वमा अन्य अस्पतालहरुमा पनि यसलाई हामीले बिस्तार गर्नेछौँ । अहिले बच्चाहरुमा धेरै समस्या देखिने अरु उल्लेख गर्नुभएका विषयसँगै अन्य समस्या पनि देखिएको महशुस गरेको छ । अटिजम भएका बच्चाहरु धेरै छन् । त्यसका लागि सीप सिकाउने, तालिम दिने केन्द्र बनाउनुपर्छ भनेर दीपक महरा आउनुभएको थियो । यसरी हामीले सातै प्रदेशमा अटिजम भएका बच्चाहरुलाई तालिम दिने केन्द्रहरु बनाउने कोशिस गरिरहेका छौँ । केके गर्न सकिन्छ, अध्ययनका लागि समिति बनाउन खोजिरहेका छौँ । त्यो लगायत बच्चाहरुमा देखिने अन्य समस्याहरु उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेर हामीले शुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्छ । हामीले नेपालको स्वास्थ्य क्षेत्रमा कसरी थप सेवाहरु उपलब्ध गराउनसक्छौँ, स्वास्थ्य क्षेत्रलाई कसरी पूर्णता दिनसक्छौँ, सेवा कसरी प्रभावकारी बनाउनसक्छौँ, त्यस विषयमा हामीेले निरन्तर काम गरिरहेका छौँ ।’


मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा थप सेवाहरु उपलब्ध गराउने, स्वास्थ्य क्षेत्रलाई पूर्णता दिने र सेवा प्रभावकारी बनाउने बारेमा गम्भीर रुपमा छलफल गरिरहेको बताउनु भयो । मन्त्री पौडेलले नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने न्यु बर्न स्क्र्यानिङ टेस्टको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा सेवा शुभारम्भ गर्नुभयो । यो जाँच गर्दा शिशुको कुरकुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकाले विशेष प्रकारको फिल्टर पेपरमा राखि मेसिनमा जाँच गरिन्छ । उक्त जाँचबाट मेटाबोलिक डिजेज पत्ता लगाउन सकिन्छ । मेटाबोलिक डिजेज एउटा वंशाणुगत रोग हो । जसले गर्दा बच्चा जन्मिदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरु देखापर्दै जाने र अन्त्यमा मृत्यु हने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्नसके मृत्युबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् । परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा २०७८ साल मंसिरदेखि २०७९ साल वैशाखसम्म (६ महिना) ८ सय नवजात शिशुहरुमा गरिएको सर्वेक्षणमा १३ जना शिशुहरुमा विभिन्न किसिमको वंशाणुगत रोगहरु देखिएको निर्देशक अधिकारीले बताउनु भयो । २०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुहरुको परीक्षण गरेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी

Next Post

मुस्लिम आयोगले दियो दशैँको शुभकामना

Next Post

मुस्लिम आयोगले दियो दशैँको शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन