• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

महिला साफ च्याम्पियनसिपको तयारी पूरा

नीतिप्रेस by नीतिप्रेस
October 8, 2024
in नेपाली समाचार आजको, समाचार
0
महिला साफ च्याम्पियनसिपको तयारी पूरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ । 
आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनसिप हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै सातौं संस्करणको तयारी पूरा भएको जनाएको छ । लगातार तेस्रो संस्करणमा नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको हो । यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एकपल्ट यसको आयोजना गरेको छ । यस सातौं संस्करणमा पाकिस्तान सहभागी नहुने चर्चा चलेको थियो । 
यद्यपि, अहिलेसम्म त्यसबारे कुनैपनि जानकारी नआएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भूटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दैछन् ।  आयोजक नेपालले भने कातिक २ गते भूटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको शुरुवात गर्ने भएको छ । हालसम्म नेपाल पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन । महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ । घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपालले राजेन्द्र तामाङको प्रशिक्षणमा तयारी गरिरहेको छ ।
भर्खर एन्फा महिला लिगको पहिलो चरण पूरा भएको छ । सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । त्यो टोलीबाट मंगलवार मात्र २७ खेलाडी छनोट भएका छन् । एन्फाको प्रतियोगिता संयोजक सञ्जीव मिश्रले यसअघि विश्वकप छनोट चरणका खेल नहुनुका साथै एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा पारो एएफसी र चर्च ब्वाइजबीचको प्रतिष्पर्धाका क्रममा दशरथ रंगशालाको अवस्थाबारे भएको आलोचना नदोहोरिने बताए । आगामी २७ गते म्याच कमिसनर आउने र त्यसअघि नै मैदान र अन्य आवश्यक पक्षबारे राम्रोसँग तयार हुने मिश्रको भनाइ छ । उनले यसल्ट उत्कृष्ट मैदान र वातावरण दिन तयार तयार रहेको बताए । 


विदेश लिग खेलिरहेका रेखा पौडेल र सावित्रा भण्डारीले पनि साफ च्याम्पियनसिप खेल्ने मिश्रले बताए । यसबारे खेलाडीसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ । प्रतियोगिता हुनुभन्दा तीन दिन अगाडि रिलिज हुने उनको विश्वास छ । यस च्याम्पियनसिपमा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको एन्फाले उल्लेख गरेको छ । यस च्याम्पियनसिपको अनुमानित बजेट चार करोड ६० लाख ८०० रुपैयाँ छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छुः खानेपानीमन्त्री यादव

Next Post

सरकारद्वारा आर्थिक सुधार सुझाव आयोग गठन

Next Post
सरकारद्वारा आर्थिक सुधार सुझाव आयोग गठन

सरकारद्वारा आर्थिक सुधार सुझाव आयोग गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन