• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संगठित अपाराध गर्नेहरु वर्तमान मन्त्रीपरिषद रहेको स्वर्णिम वाग्लेको आरोप

नीतिप्रेस by नीतिप्रेस
October 19, 2024
in agriculture, Uncategorized, अन्तर्राष्ट्रिय समाचार, अन्य, गण्डकी प्रदेश, घटना, जीवनशैली, नेपाली समाचार आजको, राजनीति, विचार, विविध
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपाराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद रहेको आरोप लगाउनुभएको छ ।


शनिवार पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको भन्दै उनीहरुबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले अहिले । कुशासनको अभ्यास भइरहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप लगाउनु भयो । महामन्त्री थापाले सहकारी छानविन विशेष समिति बन्नुपूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताउनुभएको थियो । संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा विभिन्न सहकारीमार्फत रकम ल्याइ हिनामिना गरेको निस्कर्ष निकालेको थियो । सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनलाई रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाउनु भयो । 

उहाँले भन्नुभयो, ‘कसैलाई आफ्नो राजनीति जोगाउन उसलाई सिध्याएरै छोड्नु थियो । कसैलाई सहकारीको ८७ अर्ब भ्याउनु थियो । कसैलाई सहकारी डिभोर्स लुकाउनु थियो । कसैलाई गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनु थियो । कसैलाई ललितानिवासलाई दक्षिणमा बदलेर गोजी भर्नु थियो । कसैलाई लुटको रंगशालामा बाँचुन्जेल फुटबल हान्नु थियो । कसैलाई आफूसँगैको साथी माथि पुगेकोमा खुट्टा तान्नु थियो । मिनबहादुर गुरुङबिरुद्धको मुद्दा केपी ओलीले अघि बढाउलान्, उनको सेटिङको लागि हो । कुशासनको अभ्यास अहिले भइरहेको छ । संगठित अपराधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन् । नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन् । उनीहरुबाट ध्यान मोड्नका लागि यि कुराहरु भएका छन् ।’


बिरोध कार्यक्रममा बोल्दै रास्वपा सांसद डा. तोषिमा कार्कीले सहकारी छानविन प्रकरणमा रवि लामिछानेमाथि कुनै प्रमाण फेला नपरे पनि पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले छानविनका लागि आफूहरु तयार भएको बताउनु भयो । उहाँले सम्पूर्ण सहकारी पीडितहरुको रकम फिर्ता गर्ने हिम्मत छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो । 

रास्वपा  सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई शुक्रवार पार्टी केन्द्रिय कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो । सभापति पक्राउ पछि रास्वपाका नेता÷कार्यकर्ताहरुले पक्राउ गरेकोमा आपत्ति जनाउँदै बिरोध प्रदर्शन गरिरहेका छन् । सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

Previous Post

हिमालय क्लवले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने

Next Post

भारतको लद्दाख बौद्ध परम्परामा लोभिँदै पर्यटक, बौद्ध धर्म सम्बन्धि शिक्षामा जोड

Next Post

भारतको लद्दाख बौद्ध परम्परामा लोभिँदै पर्यटक, बौद्ध धर्म सम्बन्धि शिक्षामा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन