• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानन्यायाधीश राउतको अठोटः न्यायपालिकालाई लयमा फर्काउनेछु

नीतिप्रेस by नीतिप्रेस
October 21, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रुपमा अघि बढाउने बताउनुभएको छ ।


सोमवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश राउतले आफूसँग निष्ठा र निष्कलंक छवि भएका न्यायाधीशहरु रहेको दाबी गर्दै उनीहरुको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट र संकल्प लिइएको पनि बताउनु भयो । अदालतभित्र अपm्ठयाराहरु,असहज परिस्थितिहरु रहेको उल्लेख गर्दै उहाँले त्यसलाई सल्ट्याउने दायित्व पूरा गर्ने बताउनु भयो । प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौति हटाउने काममा आफूहरुले सञ्चारकर्मीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो अदालत भनेको सबैको अदालत हो । नागरिकको हक र अधिकारको लागि यो अदालत प्रतिवद्ध छ । र नागरिक हक र अधिकारको प्रत्याभुतिको सन्दर्भमा यो अदालतले निर्वाह गर्नुपर्ने जुन भुमिकाहरु छ । यसमा हामी आफ्नो ठाउँबाट जे सम्पादन गर्नुपर्ने हो, त्यो हामी गरिहाल्छौं । तथापि राज्यको चौथो अंगको रुपमा रहेको हाम्रा आदरणीय पत्रकारहरु र सञ्चारकर्मी मित्रहरुले पनि हाम्रा कुराहरु जनता समक्ष पु¥याइदिनुपर्ने हुन्छ । र तपाईहरुको सहयोग, सद्भाव र सदासहायताविना यो अदालत एक्लैले सबै कुरा गर्न सक्दैन । त्यसकारण यो पाटोमा म यहाँहरुसँग सहकार्य गर्न चाहन्छु । र न्यायिक नेतृत्व यो कुरामा सजग र शतर्क छ । र सँगसँगै तपाईंहरुलाई म यो पनि भन्दछु कि तपाईंहरुको अभिव्यक्ति स्वतन्त्रताको जुन कुरा छ । त्यसलाई म सम्मान पनि गर्न चाहन्छु । र त्यसको जुन हिसावबाट हामीले अदालतले बुझ्नुपर्ने हो, त्यो बुझाईमा पनि हामी तलमाथि गर्दैनौं । र त्यो संविधान प्रदत्त ती अभिव्यक्ति स्वतन्त्रताहरुलाई हामी सम्मान गर्दै त्यसलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा पनि हामी लागि पर्दछौं । आज तपाईहरुसँग छोटो भेटघाटमा दुई वटा कुरा म विशेष गरेर भन्न चाहन्छु । तपाईहरुसँग यो न्यायिक नेतृत्वको के छ भने संवाद र भेटघाट अलि बाक्लो बनाउनुपर्नेछ । अलि बढी सूचनाहरु तपाईहरुलाई हामीले संप्रेषण गर्नुपर्ने भएको छ । र तपाईंहरुमार्फत नै जनता समक्ष ती कुराहरु पुग्ने भएकाले तपाईहरुसँग मैले बढी अपेक्षा पनि गरेको छु । त्यो मैले आफ्नो अधिकारको रुपमा नै लिएको छु । तपाईहरुको सदभाव र सहयोग गर्दै पाईरहेको कन्टेष्टमा फेरी पनि मैले पाउँछु होला । त्यो कुराका लागि मैले तपाईहरुसँग जुन समय छ । समय अनुसार चाँडोचाँडो तपाईहरुसँग संवादमा म बस्नेछु । र फाईनल्ली म के भन्न चाहन्छु भने कि हाम्रो देश सानो छ । जताततै चुनौति छ । राज्यको चौथो अंगमा पनि चुनौति देखिन्छ । हाम्रा अडडा अदालतमा पनि निकै छन । यताको म नैतिक जिम्मेवारी लिन तयार छु । तपाईंहरुले मलाई सुझाउनुस्, यो अदालतभित्रको जे जति अपm्ठयाराहरु, असहज परिस्थितिहरु छन । यसलाई मैले सल्टयाउने नै हो । त्यसको मैले नैतिक जिम्मेवारी लिने पनि हो । र मैले तपाईहरुलाई फेरी पनि दोहो¥याएर भन्छु–हामीसँग निष्ठा छ । र निष्कलंक छवि भएका न्यायाधीशहरु छन । त्यसको जोड र बलमा न्यायपालिकाले जसरी अहिलेसम्म आफ्नो एउटा हैसियत लयमा फर्काउने जो आफ्नो हैसियत प्रदर्शन गरेको छ । यसलाई अझ प्रभावकारी र समृद्ध रुपमा यसमा लैजाने हामीले अठोट र संकल्प गरेका छौं । यस निम्ति म तपाईंहरुको सहयोगको फेरि अपेक्षा गर्दछु । र सँगसँगै तपाईहरुसँग यो समग्र देशको लागि, माटोको लागि, जनताको लागि र संविधानको लागि र तपाईहरुको अभिव्यक्ति स्वतन्त्रताको लागि सँगसँगै तपाईहरुसँग हिँड्ने, समन्वय गर्ने, सहकार्य गर्ने र हामी एउटा उद्देश्य र गन्तव्यमा जाने कुराको लागि पनि म तपाईहरुको साथमा छु ।


त्यस अवसरमा प्रधानन्यायाधीश राउतले  देश, जनता, संविधान र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका लागि सञ्चारकर्मीहरुसँगै हिँड्ने, सहकार्य गर्ने प्रण समेत गर्नुभयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा वन ऐन लागू हुनु हुँदैनः मन्त्री दाहाल

Next Post

७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँः वामदेव गौतम

Next Post

७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँः वामदेव गौतम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन