• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँः वामदेव गौतम

नीतिप्रेस by नीतिप्रेस
October 21, 2024
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा(एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गर्नुभएको छ ।


सोमवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गर्नुभएको हो । उहाँले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताउनु भयो । उहाँले विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफुले आग्रह गरेको भएपनि सरकारले नसुनेका कारण पछिल्लो विपद्मा क्षति भोग्नुपरेको बताउनु भयो । उहाँले आफूले अध्ययन गरेर पुनः विपद् आउँदैछ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भएपनि कुरा नसुनिएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘मैले अध्ययन गरेर भनेको छु । मैले त्यसबेला फेरि अर्को जाँदैछ भनेर भनेको मैले अध्ययन गरेँ बारम्बार । मैले नेपालको भौगर्भिक अवस्थाको सम्बन्धमा चुनौती दिन्छु, मैले अध्ययन गरेको छु । संसारको सबभन्दा कान्छो जमिन, कान्छो पहाड यो भन्दा कान्छो कुनै प्राकृतिक संरचना छैन । थोरै मात्रै भूकम्प गयो भने प्रलय हुन्छ । धेरै ठूलो नोक्शान हुन्छ । यो सबै जानेर बुझेर कमसेकम ७६ वर्षको मान्छे, कम्युनिस्ट आन्दोलनमा समय बिताएको छ, स्कुल, कलेज पढ्न पाइएन । पढिएन । तर बाहिर बसेर नपढिकन यत्रो ठुलो देशव्यापी पार्टी निर्माण गर्न सक्थ्यो ? नेकपा(एमाले) आजपनि मैले निर्माण गरेको ७५ प्रतिशत छ । ७५ प्रतिशत ठाउँमा मैले पार्टी निर्माण गरेको हो । मेरै बुद्धि अलि कमजोर भयो त्यसो भएर बाहिर बसियो । मेरो ज्ञान, अनुभवले मैले बोलिरहेको हुन्छु । म सिद्धान्त भन्दा बाहिर बोल्दिन । मैले राष्ट्रिय सभामा अनुरोध गरे किन त्यहाँ ध्यान दिनु भएन ? पछिल्लो पटक भएको नोक्सानी राष्ट्रिय सभामा एकजना सम्बन्धित व्यक्तिले म राष्ट्रिय सभा सदस्यले भनेको विषय सुन्नुपथ्र्यो कि पर्दैन थियो ? यो हुनसक्छ भनेर विचार गर्नुपथ्र्यो कि पर्दैन थियो ? बोलेर भएन । लेखेर दिए । म भन्न चाहन्छु फेरि भन्नु नपरोस्, नेपाल सबभन्दा पहिले अध्ययन गर्नुस् । मन्त्रीज्यु प्रधानमन्त्रीलाई भन्नुस्, तपाईंकै प्रिय कामरेड अहिले प्रधानमन्त्री हुनुहुन्छ तपाईले भनेको सुन्नुहुन्छ । मैले भनेको सुन्नुहुन्न ।’
राष्ट्रिय सभा सदस्य गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरुलाई नै बन्द गर्नुपर्ने धारणा राख्नुभयो । 
उहाँले भन्नुभयो – ‘नेपाली समाजवादको एउटा रुप हो सहकारी भनेको सहकारीले हामीलाई समाप्त ग¥यो । जहाँसुकै भ्रष्टाचार । सहकारी भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ । कानुन लागु हुनुपर्छ । क–कसले गरेका छन् कोही पनि बाँकी नराखेर अब समाप्त गर्नुपर्छ । सहकारी लागु नै गर्नुहुन्न अब । त्यो बन्द गरिदिनु पर्छ । सहकारीमा दुरुपयोग भइरहेको छ ।’ 
उहाँले जमिन राज्यको मातहतमा नआएसम्म विकास हुन नसक्ने भन्दै नेपालको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले क्षतिपूर्ति दिएर जमिन राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्रधानन्यायाधीश राउतको अठोटः न्यायपालिकालाई लयमा फर्काउनेछु

Next Post

वर्षैपिच्छे आउने बाढीलाई बेवास्ता गर्दा बढी क्षति व्यहोर्नुप¥योः प्रमुख महर्जन

Next Post

वर्षैपिच्छे आउने बाढीलाई बेवास्ता गर्दा बढी क्षति व्यहोर्नुप¥योः प्रमुख महर्जन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन