• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अर्थतन्त्र चलायमान हुँदै गएको अर्थमन्त्री पौडेलको दाबी

नीतिप्रेस by नीतिप्रेस
October 27, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताउनुभएको छ । नयाँ सरकार बनेर सय दिन पूरा गरेको समिक्षा गर्दै अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको बताउनुभएको हो । नेपाली काँग्रेस र नेकपा एमालेबीचको समीकरणमा बनेको यो सरकारमा एमाले नेता विष्णुप्रसाद पौडेल चौथो पटक अर्थमन्त्री बन्नुभएको छ । अर्थमन्त्रि बन्नुअघिका नीतिहरुमा सैद्धान्तिक रुपमा केही पनि बदलिएको छैन ।  तर शेयर बजारमा उछाल छ, हरियाली छाएको छ । आर्थिक वृद्धिदरलाई अनुमान गर्नसक्ने अवस्थाको निर्माण भएको छैन, उत्पादनमुलक क्षेत्रमा पनि वृद्धिदर देखिनेगरी छैन, लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएको छ, निराश लाग्दो कर्जा प्रवाह छ । यस्तो अवस्थामा पनि मुलुकको अर्थतन्त्र अब चलायमान भएको सरकारको दाबी छ । यसै सेरोफेरोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले न्युज एजेन्सी नेपाललाई दिनुभएको प्रतिक्रिया यस्तो छ (सम्पादित अंश) ।
अवस्था सकारात्मक छ
सबैभन्दा महत्वपूर्ण पक्ष मान्छेको मनोबल हुन्छ, आत्मविश्वास र मनोबल टुट्यो भने देशलाई अगाडि बढाउन धेरै गाह्रो पर्छ । हामी सरकारमा सहभागी भएदेखि मुख्यरुपमा उत्पादनका सबै क्षेत्र विशेष गरी निजी क्षेत्रको मनोवल उठाउनका निम्ति धेरै कोशिस् गरेका छौँ । उहाँहरुका माग, चासो र मुद्दाहरुलाई गहिरो गरी सुनेका छौँ र कतिपय माग मुद्दाहरु सम्बोधन पनि गरेका छौँ । यो सरकार समस्या सुन्छ र समस्या समाधानका लागि अग्रसरता लिन्छ भन्ने सन्देश संप्रेषित भएको छ ।  निजी क्षेत्रसँग मात्र नभइ उत्पादनका सबै क्षेत्रसँग हामी यो ढंगले सहकार्य गरिरहेका छौँ ।
दोस्रो कुरा के छ भने अहिले हामीले लामो समयदेखि उत्पादनमा लागेर भुक्तानि पाउन बाँकी रहेका निजी क्षेत्रलाई दिनुपर्ने भुक्तानिको दायित्व पूरा गर्नेतर्फ प्रक्रिया शुरु ग¥यौँ र भुक्तानि दिन थाल्यौँ । सरकार हामीसँग छ भन्ने सन्देश निजी क्षेत्रमा गएको छ । पोलिसी निर्माणमा पनि हामीले केही महत्वपूर्ण कामहरु गरी रहेका छौँ । सबैभन्दा महत्वपूर्ण पक्ष हामीले नपाली अर्थतन्त्रको समग्र चित्र, समस्याहरुको समाधानका लागि अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी सुझाव दिनका लागि पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा विज्ञहरुको ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन गरेका छौँ । उहाँहरुले काम शुरु गर्नुभएको छ ।
अर्को कुरा लामो समयदेखि नेपालको क्रेडिट ट्रेडिङको काम बाँकी थियो जसबाट हाम्रो अर्थतन्त्र कुन अवस्थामा छौँ भनेर विश्वमाँझ भन्न अपm्ठ्यारो परिरहेको थियो । क्रेडिट ट्रेडिङको काम अहिले करिव करिव सकिएको अवस्थामा छौँ र आशा गरिरहेका छौँ । यसको नतिजा छिटै सर्वाजनिक हुनेछ । यो पनि एउटा आर्थिक क्षेत्रको महत्पूर्ण काम हो भन्ने मैले ठानेको छु ।
अहिले राजनीतिक अस्थिरता छैन
देशमा राजनीतिक अस्थिरताका कारण देशले दुःख पायो भन्ने आम अनुभुति थियो, हामीले स्थिरता, स्थायित्वको सन्देश दिएका छौँ । देशको ठूला परिवर्तनमा महत्वपूर्ण नेतृत्व गरेका काँग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार पूरै अवधि टिक्छ । दुई पार्टी प्रतिष्पर्धाको राजनीतिमा भएपनि असामान्य अवस्थामा रहेको मुलुकको या अवस्थालाई सही ढंगले लोकतान्त्रिक मार्गमा अघि बढाउन, नागरिकमा सिर्जना भएका निराशा चिर्दै आशा जगाउनका निम्ति दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको हो । यसले एकसाथ दुई सन्देश दिएको छ । एउटा राजनीतिक स्थायित्वको सन्देश छ भने अर्को जनता र राष्ट्रको पक्षमा सकारात्मक काम गर्नका निम्ति सकारात्मक आधार पनि प्रदान गरेको छ । र अन्तर्राष्ट्रिय समुदायको विश्वास पनि हामीले जित्न सकेका छौँ । जनतामा आशा पलाएको छ । 
राजश्व वृद्धि गर्ने तयारी छ
अर्थतन्त्रलाई लयमा ल्याउने कोशिस गरेका छौँ । खासगरी रेभिन्युको पार्टमा हामीले सबै प्रकारका चुहावट, अनिमियताता नियन्त्रण गर्दै, करदातासँग मैत्रीपूर्वक व्यवहार गर्दै, कर दायित्वबाट कसैले पनि उम्किन नपाओस् भन्ने कुरामा ध्यान दिँदै राजश्व परिचालनको कार्यक्रमलाई अघि बढाएको छौँ । गत वर्षको यही अवधिमा करिव १३ प्रतिशतको हाराहारीमा राजश्व वृद्धि भएको छ । यसबीचमा एउटा दुखद् पक्ष के रह्यो भने हामीले अनपेक्षित रुपमा ठूलो प्रकृतिक विपदाको बाढीपहिरोको सामना गर्नुप¥यो । जसबाट भन्सार नाकाहरु बन्द हुन पुगे, आयात निर्यातका सारा चिजहरु बन्द भए । दशैँ तिहारलगायत चाडपर्वको मुखमा भएको प्रकृतिक विपत्तिले अर्थतन्त्रलाई पनि एकहदसम्म प्रभावित बनाएको छ । तर हामीले अर्थतन्त्रलाई लयमा फर्काउन र राजश्वलाई लक्ष्य अनुरुप अघि बढाउन प्रयासरत छौँ । 
खर्च कटौती गरेर काम गर्नुपर्ने बाध्यता छ
खर्चको प्रश्नमा बजेटको वितरण भएको छ, यसमा हामी सेलेक्टिभ भएर जानुपर्ने आवश्यक देखिएको छ । हामीसँग सीमित स्रोत छ, असीमित आकांक्षाहरु र योजनाहरु पनि छन् । यस्तो अवस्थामा अध्ययन पूरा भएका राष्ट्रिय महत्व र गौरवका आयोजनाहरुमा प्राथमिकताको आधारमा लगानी केन्द्रित गर्नुपर्ने हुन्छ । यसका लागि मोडरेट ढाँचामा बजेट कार्यान्वयनका लागि सोचिरहेका छौँ ।
यसबाहेकका अर्थतन्त्रका वाह्यपक्षका कुरा गर्ने हो भने इन्डिकेटरहरु ठिकै छन् । यद्यपी,  कतिपय आयात निर्यातको क्षेत्रका आयतमा संकुचन छ, त्यसमा आन्तरिक उत्पादन बढेर आयातमा संकुचन देखिएको भए राम्रो हुन्थ्यो तर त्यो अवस्था छैन । निर्यातमा पनि एक प्रकारको संकुचनको स्थिति देखापरेको छ । विदेशी मुद्रा सञ्चितिमा राम्रो अवस्थामा छौँ । रेमिट्यान्स आप्रवाह राम्रो छ । मुद्रा स्फिर्ती र मूल्यवृद्धि वाञ्छनीय अवस्थामा छ । नेपालको आर्थिक वृद्धि दरको बारेमा पनि पाँच प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि नेपालले हासिल गर्नसक्छ भन्ने विश्व बैंकको अनुमान गरेको छ । यसका साथसाथै बैंकको ब्याजदर घटेको छ । तरलता बढेको छ ।  हाम्रो देन कहाँनेर केन्द्रित हुनुपर्छ भने माग बढाउनु प¥यो, उत्पादन बढाउनु प¥यो,रोजगरीका साथै आर्थिक क्रियाकलाप बढाउनु प¥यो । खासगरी उद्ययोग व्यवसायका लागि अनुकुल अवस्था सिर्जना गर्नुप¥यो । यस्ता कामहरुमा केन्द्रित भएर अर्थतन्त्रलाई ठिक ढंगले अघि बढाउन हामीले पहल गरेका छौँ । मेरो विचारमा केही सकारात्मक नतिजाहरु प्रकाशित भइरहेका छौँ र आउने दिनहरुमा हामी थप तिब्रत दिन्छौँ ।
राजनैतिक सहमतिमा काम गरेका छौं 
एउटा चिज के छ भने हामी संयुक्त सरकारमा छौँ । विभिन्न मन्त्रालयका मन्त्रीहरु, सचिवहरु, उच्च प्रशासनका नेतृत्वहरु सबैसँग एकआपसमा कानूनी प्रक्रियाहरु बुझ्ने र वाञ्छनीय सीमासम्म सहयोग गरेर सरकारको प्रभावकारिता वृद्धि गर्ने काममा हामी केन्द्रित छौँ । वान स्टोर सर्भिस, वान डोर सर्भिस, वान विन्डो सर्भिस भन्ने गरिन्छ । हामी केही समस्या प¥यो वा देखियो भने राउण्ड टेबुल मिटिङ गर्ने र साझा निस्कर्षमा पुगेर समस्या सट आउट गर्ने र एउटा प्रक्रियामा पुग्ने काम गरिरहेका छौँ । 
विपदले चुनौती थपेको छ
भौतिक, मानवीय, व्यवसायिक, पशुधन, अन्नबालीलगायतका धेरै क्षति भयो । यो क्षति भयो भनेर हामी पीर गरेर बसेर भएन । अब पुरानै अवस्थामा कसरी पुग्ने भनेर हामीले सोचिरहेका छौँ । यसका लागि पहिलो काम राहत र उद्धारको काम थियो । त्यो काम ग¥याँै । अब हामी क्षति पुगेका बाटो, खानेपानी, विद्यालय, अस्पताल, सिंचाई आयोजनाहरु, निजी घरहरु आदिका पुनर्निर्माणका कार्यमा आइपुगेका छौँ । अब यसैमा केन्द्रित हुनुपर्छ ।  प्रधानमन्त्री राहत कोषबाट हामीले सरसहयोग ग¥यौँ । पुनर्निर्माणका लागि राहत कोषबाट सम्भव नहुने भएकाले स्रोतको व्यवस्था गर्नुपर्नेछ । पुनर्निर्माणका कामका लागि केही स्रोतको प्रवन्ध पनि गरेका छौँ, फाइनान्स हुने चरण पुगेको छ । पुनर्निर्माणका लागि अवश्यक पर्ने  स्रोतको व्यवस्था सरकारले गर्छ । आन्तरिक र वाह्य दुवै पहल गर्छाैँ । लिन मिल्ने र उपयुक्त हुने वाह्य सहयोग लिन्छौँ ।
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्र समेट्छु
निजी क्षेत्र छुटेको छैन । कुनैपनि क्षेत्र छुट्दैन । निजी क्षेत्र, सहकारी सबै क्षेत्र समेटिएको छ । कमिटी बनाउँदा ठूलो आकारको नभइ विज्ञहरुको सानो कमिटी बनाउँछौँ । आर्थिक क्रियाकलापका सबै विधाका अनुभवि व्यक्ति तथा संस्थाहरुसँग जीवन्त छलफल गरेर कमिटीले सरकारसँग प्रश्ताव गर्ने हो । निजी क्षेत्र कमिटीभित्र प¥यो कि परेन भन्दा छुट्यो जस्तो लाग्न सक्ला तर समग्रतामा निजी क्षेत्रको चासो, सरोकार र सुझावहरुलाई  सम्बोधन नगरी अघि बढ्ने भन्ने प्रश्न नै हुँदैन । उहाँहरु त्यसरी नै अघि बढ्नुहुन्छ ।
आगामी दिनमा विपद् जोखिमलाई हेरेर योजना बनाइन्छ
अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयहरुले यस विषयमा सोचेकै छ ।  सोच्ने नै कुरा हो । जहाँसम्म भूगोलको कुरा छ । हिमालमा आप्mनै खालका प्राकृतिक विपद् र समस्याहरु छन् । हिमपहिरो, हिमताल फुट्ने समस्याहरु छन् । हिउँ नपर्ने, हिमाल नाङ्गो हुँदै जाने समस्या हिमाली क्षेत्रमा छ । कल्पना नगरिएको पहिरो केही वर्ष अघि मुस्ताङमा आयो, अहिले फेरि सोलुखुम्बुमा आयो । हिमाली क्षेत्रमा त्यसरी पहिरो जानु त्यति सजिलै अनुमान गरिँदैन । यो प्रकारको समस्या हिमाली क्षेत्रमा भोग्नुपरेको छ ।
पहाडी क्षेत्रमा मध्य पहाडमा बाढी र पहिरोको प्रकोप अत्याधिक छ । नदी तडका क्षेत्रहरु र तराई मधेसमा नदी कटान र डुवानका समस्या भोग्दै आएका छौँ । हामीले हाम्रो देशको विशेषता अनुरुप प्राकृतिक विपत्तिको पूर्वानुमान, त्यसबाट जोगिनका निम्ति उपयुक्त उपायहरुको अवलम्वन र त्यो विपत्तिपश्चात पनि हामीले शीघ्र पुनःस्थापना, उद्धार, राहत तथा पुनर्निर्माणका कामहरु गर्नका लागि एउटा स्थायी संस्थाको आवश्यकता थियो र हामीले त्यो बनाएका पनि छौँ । हामीले यस विषयमा गम्भीरतापूर्वक सोचिरहेका छौँ । प्राकृतिक विपत्ति, त्यसको पूर्वानुमान र त्यसलाई रोकथाम नियन्त्रण तथा भइहाल्दा पनि त्यसबाट बाहिर निस्किन पुनःस्थापना, पुनर्निर्माणका विषयहरुमा हाम्रो ध्यान गम्भीरतापूर्वक गएको छ । 
नोटः यो अन्तरवार्ता हामीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अमेरिका जाने अघिल्लो दिन रेकर्ड गरिएको हो । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

विधिको शासन कायम गर्दा बिरोध गर्ने परिपाटी राम्रो होइनः उपप्रधानमन्त्री सिंह

Next Post

ढुवानी व्यवसायी मजदुरहरु अन्यायमा परे: अध्यक्ष मनोज

Next Post

ढुवानी व्यवसायी मजदुरहरु अन्यायमा परे: अध्यक्ष मनोज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन