• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरु अघि बढाऔँः पूर्वराष्ट्रपति भण्डारी

नीतिप्रेस by नीतिप्रेस
November 4, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपालको आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनुभएको छ । 
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गर्नुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले यस अघि कस्तो खालको परिस्थिति थियो भन्नेकुराको मूल्यांकन गरी सय वर्षपछिका लागि हुनेगरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनु भयो । उहाँले दिगो विकास गर्ने भइसकेपछि वन जंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरुको लागि कति ठाउँ चाहिन्छ ? भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई दिनुपर्ने बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने बताउनु भयो । शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्नेकुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल (हाम्रो देश) खास गरी प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देशमा पर्छ । समय समयमा भूकम्प आइरहने भूकम्पको कारणले बस्तीहरु, बाटोघाटोहरु विभिन्न प्रकोपहरु पनि बढ्ने हुन्छ । त्यसले प्रत्यक्ष हानी नोक्शानी भनेको जनतालाई नै गर्छ । विश्व तापक्रम अत्याधिक बढेको र विश्व तापक्रम बढेको कारणले गर्दा विश्वलाई नै संकटतर्फ धकेलिरहेको छ । जुन जलवायु अनुकुलन खालको वातावरण हुनुपर्ने हो, प्रकृति र मानव जगतको लागि त्यो नभएर अप्रत्याशित ढंगले चिसो हुने र अप्रत्याशित ढंगले गर्मी हुने, अप्रत्याशित पानी पर्ने, त्यो खालको स्थिति छ । यस वर्षको अग्रिम जलवायुको सूचना हेर्दा पनि यो हिउँद महिना पनि हाम्रो लागि त्यति सहज छैन भन्ने छ । हामीले हाम्रो देशको प्राकृतिक बनावट जुन छ, यहाँ हुने जुन खालका प्राकृतिक प्रकोपहरु छन्, त्यसबाट मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ, जीवन रक्षा नै हाम्रो प्रथम दायित्व भएको हुँदा सुरक्षित बस्ती विकास गर्ने, कुनैपनि निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट हामीलाई संकट पनि नआओस्, त्यो निर्माण कार्य सुरक्षित होस् र मानव जीवन भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न हामीले काम गर्नुपर्छ । कहिले पानी बढी पर्दा जनजीवन त्रस्त हुन्छ । पछि त्यही पानीको अभाव यति धेरै हुन्छ की पानी खान पनि पाउँदैनन् । यो कुरालाई ध्यानमा राखेर हाम्रो विकासको योजनाहरु बनाउनु पर्छ । दिगो विकासको त अहिले प्रसिद्ध थेगो नै बनेको छ । राज्यको तर्फबाट पनि दिगो विकासका लक्ष्यहरु भनिएको छ । दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्छ । सय वर्षअघि कस्तो खालको परिस्थिति थियो, कस्तो भूकम्प आएको थियो, कस्तो बाढी गएको थियो, कस्तो पहिरो गएको थियो, कस्तो महामारी फैलिएको थियो । हामी यो पुस्ताले सय वर्ष पछिसम्म थेग्नेगरी निर्माण कार्य गर्नुपर्छ । तर अहिले तदर्थवादमा नै बढी चलिरहेको छ । दिगो विकास गर्ने भइसकेपछि हामीले हरेक कुरालाई वन जंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ । नदीनालाहरुको लागि कति ठाउँ चाहिन्छ ? यस्तो कुराको पहिला नै हिसावकिताव हुनुपर्छ । त्यो योजना जनतालाई पहिला नै दिनुपर्छ । जनताले त्यो थाहा पाउनुपर्छ । त्यसो भएमात्रै मानव जीवनलाई सुरक्षा प्रदान गर्नसक्छौँ । मानिसको जीवनचक्रमा धेरै कुरा जोडिएर आएको हुन्छ । प्रकृति पनि, संस्कृति पनि, सम्पदा पनि । यो कुरालाई ध्यानमा राखेर नै हामीले विकास कार्यहरु अघि बढाउनु पर्छ । तत्काल कुनै घटना भयो भने उद्धार, राहतको लागितत्काल व्यवस्था गर्ने संयन्त्र बनाउनु पर्छ । दिगो व्यवस्थापनमा जानुपर्ने हुन्छ । खासगरी मानव बस्ती शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्नेकुरामा जनताको पनि र राज्यको पनि ध्यानाकर्षण हुन आवश्यक छ ।’
पूर्वराष्ट्रपति भण्डारीले जलवायु अनुकुलन वातावरण हुनुपर्ने भएपनि अप्रत्याशित रुपमा जलवायुजन्य घटनाहरु बढिरहेको बताउनु भयो । नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट संकट नआओस् भन्ने ध्येयले काम गर्नुपर्ने बताउनु भयो । निर्माण कार्य सुरक्षित बनाइ मानव जीवनलाई भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न आवश्यक भएको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

मिथिलाञ्चलमा छठपर्वको तयारी शुरु

Next Post

विश्व योग गुरु आचार्य राजन शर्मा पोखरा भ्रमणमा

Next Post

विश्व योग गुरु आचार्य राजन शर्मा पोखरा भ्रमणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन