• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मेरो इमान र निष्ठामाथि धावा बोल्नेबिरुद्ध कानूनी लडाईं लड्छुः पर्यटनमन्त्री पाण्डे

नीतिप्रेस by नीतिप्रेस
November 13, 2024
in गण्डकी प्रदेश, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “4”]


सरकार र पार्टीले छानविन गरोस्, दोषी देखिए सबै पद त्याग्छुः पर्यटनमन्त्री पाण्डे 
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानूनी लडाईं लड्ने बताउनुभएको छ ।


नेपाली काँग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजैन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाउनुभएको थियो । सोहीबारेमा स्पष्टीकरण दिँदै मन्त्री पाण्डेले केही मानिसहरुले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताउनु भयो । उहाँले नाजायज लाभबाट आफ्नो व्यक्तित्व विकास गर्न खोज्नेहरुले आरोप लगाएको बताउनु भयो । इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरुले आफ्नो इमान्दार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको बताउनु भयो । पर्यटन क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन तथा नाजायज फाइदा लिन यस किसिको आरोप लगाइएको बताउनु भयो । यसबारेमा आफूले सरकार, पार्टीलाई पनि जानकारी गराउने र कानूनी लडाईं पनि लड्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग बुधवार कुरा गर्दै उहाँले इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष र प्रतिवाद गर्नसक्ने उहाँको भनाइ छ । सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानविन गर्न पनि आग्रह गर्नुभयो । आफूबाट जानेर÷नजानेर कुनैपनि खालको कमजोरी भएको भए सरकार पार्टीबाट बाहिरिने घोषणा गर्नुभयो । मन्त्री पाण्डेले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवद्र्धनका लागि आफूले सक्दो पहल गरिरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हाम्रो आकाशलाई पनि सुरक्षित गरौँ, आकाशलाई सुचारु र गतिशिल गरौँ, नेपालको जिडिपीलाई बढोत्तरी गर्न पर्यटन क्षेत्रलाई अघि बढाऔँ भनेर मैले उहाँहरुको पनि साथ लिइरहेको छु । पोखरा र भैरहवा एयरपोर्ट चलाउने सन्दर्भमा क्याबिनेटमा प्रश्ताव लिएर जाने कार्ययोजनाको विस्तृत प्रश्ताव लिएर जाने, त्यो कार्ययोजनालाई पारित गर्ने, त्यो कार्ययोजनाअनुसार फ्लाइटहरु सञ्चालन गर्ने काममा भैरहवामा पनि अहिले केही आशाका संकेत देखिएका छन् । पोखरामा त्यसलाई कसरी बढाउने, कसरी बिस्तारित गर्ने ? भइरहेका फ्लाइटलाई पनि कसरी बिस्तारित गर्ने ? कसरी दिगो बनाउने भन्नेमा बढो दत्तचित्त भएर म र सरकारी निकायहरु र निजी क्षेत्रसँग समेत संवाद गरिरहेको छु । 
यो सबै कुराबाट केही मानिसहरु जो पर्यटन क्षेत्रबाट नाजायज लाभ लिन खोजिरहेका मानिसहरु, नाजायज लाभबाट आफ्नो व्यक्तिmत्व विकास गर्न खोजिरहेका मानिसहरु, जसको इमान र निष्ठा छैन, जसको इज्जत र प्रतिष्ठा छैन, ति मानिसहरुले मेरो यो सतप्रयासलाई, मेरो इमान्दार प्रयासलाई, मेरो निष्ठावान प्रयासलाई मान मर्दन गर्नेगरी मेरो मनोबल गिराएर यो क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन, त्यसमा आफूले नाजायज फाइदा लिन, त्यसभित्र आफ्नो खेलो फड्कोलाई बलियो बनाउन त्यो प्रवृत्ति अगाडि आएको हो भन्ने आभाष भएको छ । त्यसकारणले मेरो अगाडिको यात्रा मेरो पार्टीलाई पनि भन्छु, सरकारलाई पनि भन्छु, मैले मेरो आफ्नो नैतिक बलका आधारमा म कानूनी लडाईं पनि लड्छु । नैतिक लडाईं पनि लड्छु । इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष गर्न सक्छन्, लड्न सक्छन्, प्रतिवाद गर्न सक्छन् । अन्तिम जित सत्यको हुन्छ । इमान र निष्ठाको जित हुन्छ भन्नेकुरा स्थापित गर्न चाहन्छु । मलाई चिन्नेले चिन्नु नै भएको छ, नचिन्नेहरुले पनि चिन्ने कोशिस गर्नुस् । सरकार र पार्टीलाई मैले केही गरेँ की भन्ने लाग्छ भने सरकार र पार्टीले ममाथि गहिरो गरी छानविन गरोस् । मबाट कुनैपनि खालको कमजोरी जानेर÷नजानेर त्यो प्रकारको कमजोरी भएको छ भनेदेखि जुनसुकै बेला म सरकारको स्वच्छताका लागि सरकारबाट बाहिरिने, पार्टीको स्वच्छता र पार्टीको आदर्शका लागि पार्टीबाट बाहिरिन पनि हर्दम जुनसुकै बखत पनि तयार छु ।’
मन्त्री पाण्डेले आफू स्वच्छ राजनीतिक चरित्रबाट अहिलेसम्म अघि बढिरहेको बताउनु भयो । उहाँले गलत कामहरु हुन नदिने र राम्रा कामहरु रोक्न नहुने पक्षमा आफू रहेको बताउनु भयो । उहाँले देशले अहिले भोग्नुपरेको सुशासनको समस्या समाधानका लागि वर्तमान सरकार र आफूले काम गरिरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आफूसँग निष्ठा र इमान बाहेक अन्य राजनीतिक सम्पती नरहेको बताउनु भयो । उहाँले निष्ठाको तागतलाई बलियो बनाउने ध्येयका साथ आफूले काम गरिरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘म पनि आश्चर्यचकित भएको छु । नेपाली काँग्रेस पार्टीबाटै निर्वाचित सांसदहरुले म नेपाली काँग्रेस पार्टीकै पदाधिकारी, सहमहामन्त्री पनि हुँ । मन्त्रीपरिषद्मा छु । यो मन्त्रीपरिषद्मा आउनुसँगै मेरो कमिटमेण्ट के छ भने स्वच्छ कामहरु, गर्नुपर्ने कामहरु, नियमित कामहरु, कानूनसम्मत कामहरु मन्त्रालय र मन्त्रीहरुको तहबाट रोकिनु हुन्न । गलत कामहरु कदापि अघि बढ्न दिनुहुन्न भन्नेकुरामा कमिटमेण्ट छ । मेरो कमिटमेण्ट के पनि हो भने म जुन स्वच्छ राजनीतिक चरित्रबाट यहाँ आइपुगेको छु, त्यत्तिकै स्वच्छ चरित्र लिएर यो मन्त्रालयबाट बाहिर निस्किऔँ, बहिर्गमन हौँ भन्ने दोस्रो कमिटमेण्ट छ । देशले अहिले भोग्नुपरेको एउटा समस्या भनेको सुशासनको समस्या हो । त्यो सुशासनलाई आफ्नो मन्त्रालय मातहत कसरी स्थापित गर्ने ? भ्रष्टाचारलाई कसरी न्युनिकरण गर्ने ? भन्ने सन्दर्भमा पनि म बढो सचेततापूर्वक प्रतिवद्ध छु । मेरो राजनीतिक यात्रा मलाई जतिले चिन्नुहुन्छ, इमान र निष्ठामा आधारित छ । मेरो राजनीतिको पुँजी कसैले सोध्यो भने मसँग घर छैन, गाडी छैन । कुनै आर्थिक प्रवन्ध पनि छैन । म निष्ठा र इमानको बलमा राजनीति गरिरहेको छु र म यहाँसम्म आइपुगेको छु । त्यो मेरो देशभरका शुभचिन्तकहरुको मेराप्रतिको सद्भाव, मेरा जिल्लावासी, मतदाताहरुको मेराप्रतिको सद्भाव, मेरो शक्ति, मेरो राजनीतिक तागत मैले त्यही नै ठानेको छु । आगामी दिनमा पनि मैले मेरो यो तागतलाई सुदृढ बनाउने, बलियो बनाउने, इमान र निष्ठाको तागतलाई बलियो बनाउने ध्येयका साथ काम गरिरहेको छु । पार्टीबाट निर्वाचित एक जना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु । इमान र निष्ठा जुन मेरो मुल पुँजी हो, त्यसमाथि धावा बोल्ने कुराले मेरो भावनामाथि गम्भीर चोट पुगेको छ । यसका निम्ति मैले के गर्नुपर्छ ? मैले साँच्ची नै गल्ती, कमी, कमजोरी गरेको छु भने मन्त्री मात्रै होइन, पार्टीको सहमहामन्त्री र सांसदको रुपमा नेपाली काँग्रेस जस्तो गौरवशाली पार्टीको सदस्यको रुपमा म बस्न मिल्दैन । त्यसमा म स्पष्ट छु । त्यतिमात्रै होइन, गठबन्धन सरकार एउटा प्रतिवद्धताकासाथ, एउटा कमिटमेण्टका साथ सरकारमा छ । सम्माननीय प्रधानमन्त्री लगायत मन्त्रीपरिषद्को एउटा संकल्प छ, हामी सुशासन स्थापित गरौँ, राजनीतिक स्थिरता दिऔँ, देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाऔँ भन्ने सरकारको र सम्माननीय प्रधानमन्त्रीज्युको हामी सबैको कमिटमेण्ट छ । यदी उहाँले भनेजस्तो सत्य हो भने त्यो कमिटमेण्टलाई धब्बा लाग्नेगरी, त्यो कमिटमेण्ट कमजोर हुनेगरी मैले मन्त्रीमा रही रहन मिल्दैन । पार्टीको ठाउँबाट पार्टीको सदस्य रही रहन पनि मिल्दैन, सरकारको ठाउँबाट मन्त्री रही रहन पनि मिल्दैन । त्यसैले मैले सरकारको प्रधानमन्त्री र मन्त्रीपरिषद्लाई पनि भन्नुपर्नेछ, मेरो पार्टीलाई पनि भन्नुपर्नेछ, मबाट यदी कुनै किञ्चित गल्ती कमजोरी भएको छ भने मलाई यहाँ बस्ने छुट छैन । पार्टीले र सरकारले मलाई निकाल्नु पर्दैन, म आफैँ यहाँबाट निस्किन जुनसुकै बेलामा कुनै प्रकारको पदकाप्रति आशक्ति नराखिकन तम्तयार छु । होइन ममाथि निराधार आरोप लगाउने हो भने यो ममाथिको मात्रै आरोप होइन, इमान्दारितापूर्वक राजनीति गरौँ, इमान्दारितापूर्वक देशको सेवा गरौँ, देशलाई विकास र समृद्धितिर अगाडि लिएर जाऔँ, भन्ने कमिटमेण्ट भएका निष्ठावान, इमान्दार मान्छेहरुको मान मर्दन गर्ने र उनीहरुको मनोबल गिराउने काम भएको देख्छु मैले । हाम्रो मन्त्रालयमा म आउँदाआउँदै के अनुभुति भएको हो भने धेरै मानिसहरु स्वार्थद्वारा निर्देशित छन् । स्वार्थ समूहहरु सक्रिय छन् । विचौलियाहरु सक्रिय छन् । ति विचौलियाहरु, स्वार्थ समूहका मतियारहरु जुनसुकै आवरणमा हुन्, देशलाई घाटा पु¥याउने गरी, मन्त्रालयलाई घाटा पु¥याउने गरी, पर्यटन क्षेत्रलाई घाटा पु¥याउने गरी, पर्यटन क्षेत्रको विकास र एउटा सकारात्मक गतिलाई घाटा पु¥याउने गरी जस्तोसुकै मै हुँ भन्ने मान्छे आयो भने पनि उसको इच्छा म पूरा गर्न सक्दिन । मैले निजी क्षेत्रलाई बढो हार्दिकताका साथ तपाईंहरु अघि लागिदिन्स्, मन्त्रालय सरकार तपाईंहरुको पछिपछि छ, पर्यटन क्षेत्रको विकास गरौँ, पर्यटन क्षेत्रबाट अर्थतन्त्र बलियो बनाऔँ, पर्यटन क्षेत्रले स्वरोजगारी सिर्जना गरौँ, नेपाल विविधतापूर्ण संस्कृति र विविधतापूर्ण प्रकृतिले भरिएको देश हो ।’
मन्त्री पाण्डेले देशलाई विकास र समृद्धितिर अघि बढाउन खोज्दा मान मर्दन गर्नेहरु सल्बलाएको बताउनु भयो । उहाँले देशलाई,मन्त्रालयलाई र पर्यटन क्षेत्रलाई घाटा पु¥याउने कुनैपनि आवरणका विचौलियाहरुबाट सुरक्षित राख्ने जिम्मेवारी आफूलाई रहेको बताउनु भयो ।

[adrotate banner= “5”]

[adrotate banner= “6”]

[adrotate banner= “3”]

Previous Post

संगिनी नाच संरक्षणमा पथरी शनिश्चरेका महिला

Next Post

आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

Next Post

आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन