• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संगिनी नाच संरक्षणमा पथरी शनिश्चरेका महिला

नीतिप्रेस by नीतिप्रेस
November 13, 2024
in धर्म/संस्कृति, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपउन्मुख भएको छ ।


यसको संरक्षण र पुस्तान्तरणमा पथरी शनिश्चरे ३ शान्ती टोलका महिलाहरु लागिपरेका छन् । यहाँ रहेको महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले सङ्गिनी नाचको प्रचारप्रसार गर्न र नयाँ पुस्तामा यसका बारेमा जानकारी दिन प्रत्येक हप्ताको मंगलवार साँझ सङ्गिनी प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेको छ । पछिल्लो समय यो समूहले सङ्गिनी नाच संरक्षणमा गरेको काम प्रशंसनीय रहेको स्थानीयहरु बताउँछन् । विषेश गरी विवाह, पूजा, पुराण समारोह उत्सव आदिमा सङ्गिनी नाचिने र सो नाचमार्फत महिलाले आफ्नो पीडा पोख्ने गरेका थिए । बिस्तारै पश्चिमा संस्कृतिको बढ्दो प्रभावले अहिले सङ्गिनी एकादेशको कथा जस्तै बनेको छ । कुनै समय नेपालमा नै सङ्गिनीको हाईहाई थियो । मान्छे टाढाटाढाबाट बालन र सङ्गिनी हेर्न पुग्थे । विगत ४ वर्षदेखि यस समूहले आफ्नै खर्चमा सङ्गिनी संरक्षणका लागी आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्दै आएका छन् । गाउँका थोरै महिलाहरु भेला भएर गाउँमै खेल्दै आएको संगिनीलाई हाल छिमेकी पालिकाहरुले समेत बोलाउन थालेका छन् । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागि परेको महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहलाई पुरुषहरुले समेत साथ दिन थालेका छन् । विवाह गरेर गएका महिलाहरुले आफ्ना मनमा लागेका वेदनाहरु गीतका माध्यमबाट पोख्ने ठाउनै संगीनी भएको बताउनु हुन्छ स्थानीय खगेन्द्र लुइँटेल । 


सङ्गिनीमा महिलाका दुःख सुखका कुराहरु, जाँतो पिस्दादेखि ढिँकी कुट्दासम्मका कुरा गीतका माध्यमबाट पोख्ने गरिन्छ । खास गरी व्राह्मण, क्षेत्री समुदायमा नाचिने बालन पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै समाजमा हराउँदै गएको हो । जुनसुकै शुभ कार्यमा संगिनी नाचिने गरिन्थ्यो । झन्डै डेढ दशक अघिसम्म गाउँघरमा बालन नाचेको स्मरण स्थानिय भुवनेश्वर पोखरेलको रहेको छ ।


१४ वर्ष अगाडी भजन कीर्तन गर्न बनेको समूहले अब भजन कीर्तन गरेर मात्र हुँदैन भन्ने हेतुले लोप हुँदै गरेको संगिनीको पनि संरक्षण गर्न थालेका हुन् । ५ वर्ष अगाडीदेखि संगिनी ठाउँठाउँमा देखाउँदै आएको समूहकी अध्यक्ष देवीमाया पोखरेल बताउनु हुन्छ ।  


पश्चिमा संस्कृतिको प्रभावकाबीच संगिनी के हो ? भन्ने पुस्तालाई चिनाउन यसरी साप्ताहिक रुपमा प्रशिक्षण थालिएको हो । ‘सामुहिक रुपमा शुरुवात गरेको सङ्गिनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव बनाएको छ । सङ्गिनी  प्रशिक्षणले बालबालिकाहरुमा पनि नैतिकवान, अनुशासन र संस्कारको विकास हुँदै आएको छ । हजुरआमा, आमासँगै सङ्गिनी प्रशिक्षण गरिरहेकी अपेक्षा खतिवडा यसले आफ्नो संस्कारबारे थप जान्ने मौका मिलेको बताउनु हुन्छ । 


पश्चिमा संस्कृतिको प्रभाव बढिरहँदा यो समूह मौलिक परम्परा रहेको सङ्गिनी संरक्षणमा लागिरहेको छ । हाल झापा मोरङ्ग र सुनसरीका क्षेत्रमा हुने धार्र्मिक समारोहमा सङ्गिनी प्रश्तुत गर्न उक्त समूहलाई निमन्त्रणा हुन थालेको छ । भजन कीर्तन गर्दै गरेको समूहले सङ्गिनी संरक्षणमा काम गर्न थालेपछि यसलाई सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भएको छ । हाल यस समूहमा पथरी शनिश्चरे ३ शान्ति टोलका ३५ घर परिवार यो कार्यमा सहभागी रहेका छन् । लोप हुन लागेको संस्कारलाई ५ वर्षदेखि संरक्षण गर्दै आएको बताउनुहुन्छ समूहकी सचिव यशोदा पोख्रेल ।


महिलाहरुले आफ्ना पीडा गीतमार्फत प्रश्तुत गरी नाचमार्फत पहिलापहिला प्रश्तुत गर्ने गरेको सङ्गिनी अहिले बिस्तारै हराउँदै गएको छ । मौलिक तथा परम्परागत नाचका रुपमा रहेको सङ्गिनीको संरक्षणका लागि समूहले आमा पुस्ताबाट बुहारी र नातिनी पुस्तालाई भेला गराई प्रशिक्षण दिने गरेको नर्मदा खतिवडा बताउनु हुन्छ ।


युवापुस्तामा परम्परागत संस्कृतीको हस्तातरण हुनुपर्ने र यसको महत्व सबैमा गराउनसके हराउदै गएको मैलिक संस्कार सहतिको संस्कृतिको संरक्षण हुने देखिन्छ । मैलिक संस्कार बोकेका संगिनी र बालनलाई महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले जस्तै हजुरआमा पुस्तावाट नातिनी पुस्तासम्म पु¥याउन सबै पक्ष एकजुट हुनुपर्ने देखिएको छ ।

[adrotate banner= “5”]

[adrotate banner= “4”]

[adrotate banner= “6”]

Previous Post

विपद्पछिको पुनःनिर्माण गर्ने अधिकार सम्पन्न छुट्टै निकाय आवश्यक

Next Post

मेरो इमान र निष्ठामाथि धावा बोल्नेबिरुद्ध कानूनी लडाईं लड्छुः पर्यटनमन्त्री पाण्डे

Next Post

मेरो इमान र निष्ठामाथि धावा बोल्नेबिरुद्ध कानूनी लडाईं लड्छुः पर्यटनमन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन