[adrotate banner= “3”]
पोखरासुन्दर भुमि पोखराको वडा नं १७ मा रहेको रामेश्वर टोल विकास संस्थाको ११ औं साधारणसभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । बिहान ठिक ११ बजे बाट सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमितिको अध्यक्षको जिम्मेवारीमा तोयनाथ पौडेल निर्विरोध निर्वाचित भएका छन ।संस्थाको उपाध्यक्ष मा दुर्गा अधिकारी , सचिव शम्भु बराल , कोषाध्यक्ष चोलाकान्त पाण्डे, सह-सचिव राजेन्द्र प्र .रेग्मी, सदस्यहरूमा – खिमराज आचार्य (जन्ता कृष्ण ),प्रितम क्षेत्री ,पुष्पा बराल , रेशम भण्डारी रहेका छन । उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष दिपेन्द्र आचार्य र निर्वतमान कोषाध्यक्ष मघु पौडेलले प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा समाजसेवी तथा संस्थाका सल्लाहाकार लिला प्र. पंगेनी, पुण्डरीप्रसाद बराल सम्मानित संगै जेष्ठ नागरिकहरु सम्मानित भएका थिए संगै संस्थाले आजिवन सदस्य रूद आचार्यकी छोरी स्वीकृति आचार्य लाई समेत सम्मान गरेको थियो ।कार्यक्रममा प्रमुख अतिथी वडा नं १७ कि अध्यक्ष राधिका कुमारी साहि रहेकी थिइन साहिले हरेक क्षेत्रमा अघि बढ्दै आएको वडालाई सधैं आफ्नो साथ रहने बताएकि थिईन भने साहिले सामुदायिक भवनको परिसरमा एक तर्फ क्रिया र अर्को तर्फ कार्यक्रम हुदैँ गर्दा मन भारी भएको बताएकी थिन भने आगामी दिनहरुमा यस्लाई आमा समुह,टोल विकास, युवा कल्व आदि संग समन्वय गरी कसरी लग्ने भने बारेमा समेत अगाडि बढ्ने बताएकी थिइन्।सो कार्यालयमा लिला प्र.पंगेनी ,पुण्डरीप्रसाद बराल , आदिले मन्तवय राखेका थिए । दोस्रो सत्रमा अधिवेशनको लागी निर्वाचन समितिमा गणेश दुङगाना,दिपक बराल र डि.आर भट्टराई रहे पनि उपस्थित सदस्यहरुले निर्विरोध गर्न निर्वाचन समितिलाई सहज बाटो खोलि दिएका थिए।कार्यक्रमको अबधिमा निर्वतमान अध्यक्ष दिपेन्द्र आचार्यले आफुलाई आज सम्म साथ दिने सबैलाई धन्यवाद सहित मायाको चिनो वितरण गरेका थिए ।अन्त्यमा नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो टोल विकासको निम्ति सधैं राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।उक्त कार्यक्रम तय कुमारी सापकोटाले संचालन गरेकी थिईन्।
[adrotate banner= “4”]
[adrotate banner= “5”]
[adrotate banner= “6”]






