• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्याः महानिर्देशक पौडेल

नीतिप्रेस by नीतिप्रेस
December 2, 2024
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या भएको बताउनुभएको छ ।


उद्योग वाणिज्य संघ काठमाडौंले बजार अनुगमनका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय पानी उत्पादकले दुग्ध व्यवसायी,दुग्ध व्यवसायीहरुले पानी व्यवसायीहरुलाई र पानी उत्पादकहरुले सिमेन्ट लगायत व्यवसायीहरुलाई दोष देखाउँदा बजार अनुगमन प्रभावित भएको बताउनु भयो । उहाँले एक व्यवसायीहले अर्को व्यवसायीलाई आरोप लगाउँदा विभागले कसलाई कारबाही गर्ने र अनुगमन गर्ने अन्योलता सिर्जना हुने गरेको बताउनु भयो । उहाँले व्यवसायीहरुबीच आरोप÷प्रत्यारोपले अनुगमन र स्वच्छ बजार प्रणालीलाई असर पर्ने गरेको बताउनु भयो । उहाँले बजार अनुगमन लगायतका विषयमा कैफियत नै कैफियतको जनजालमा जेलिएर एक अर्कालाई आरोप लगाई रहेको बताउनु भयो । उहाँले आरोप÷प्रत्यारोपले स्वच्छ बजारलाई प्रभावित बनाउँदै नियमन निकायहरुलाई कमजोर बनाउने बताउनु भयो । उहाँले दशैं तिहारमा ४० फार्मलाई अनुगमन गर्दा दुई÷तीन वटा फार्मलाई मात्रै कारबाही गरेको भन्दै विभागले अनुगमन गरेर व्यवसायीहरुलाई कारबाही गर्ने नियत नभएको बताउनु भयो । उहाँले विभागले व्यवसायीहरुलाई कारबाही गरेर संख्या बढाउने र राजश्व संकलन गर्ने उद्देश्य नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘वाणिज्य विभागमा अहिलेसम्म बस्दाको अनुभव विभिन्न क्षेत्रका व्यवसायीहरुसँग कुरा गरिन्छ । हरेक क्षेत्रमा व्यवसायीहरुले एकले अर्कोलाई दोषी देखाउने काम गर्नुभएको छ । कस्मेटिक व्यवसायीहरु आएर दुग्धमा कति ठूलो फल्ड छ । किन अनुगमन गर्नु हुँदैन । विभागले दुग्ध व्यवसायीहरुलाई बोलायौं । उनीहरु भन्छन् । पानीको जार यति धेरै फोहोर छ । पानीको जारमा फोहोरको लेदो भेटिएको छ । विभाग के हेरे बस्नुभएको छ । त्यसलाई कारबाही गर्नुस् भन्नुहुन्छ । पानी उत्पादक संघलाई बोलाएर ल्याइयो । पानी उत्पादकहरु भन्छन् सिमेन्ट यति धेरै फटाहा भएको छ । एनआरपी नराखी बेच्छ । हामीले एनआरपी राखेका छौं । सबैतिरबाट यस्तै कुरा आउँछ । अब विभागले कसलाई गर्ने अनुगमन । एउटा व्यवसायीले अर्को व्यवसायीलाई पोल्ने काम गरिहेका छन् । हामीले स्वच्छ बजार खोज्नुपर्छ सबै उपभोक्ता हौं । हामी कैफियत नै कैफियतको जनजालमा जेलिएर एक अर्कालाई आरोप लगाई रहेका छौं । यसले कसैलाई हित गदैन । एक अर्कोलाई लगाउने आरोपले कमजोर बनाउँछ । दशैंतिहारमा ४० फर्मलाई अनुगमन गरेका छौं । त्यसमा दुई तिन वटालाई मात्रै कारबाही गरेका छौँ । विभागले अनुगमन गरेर कारबाही गर्ने नियत होइन । विभागले व्यवसायीहरुलाई कारबाही गरेर संख्या बढाउने र राजश्व बढाउने उद्देश्य होइन । व्यवसाय राम्रो चले आफैँ राजश्व संकलन हुन्छ ।’


उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले गर्ने अनुगमन तथा नियमनमा निजी क्षेत्र नकारात्मक नभएको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रले अफ्ठ्यारो स्थितिमा गरेको लगानीलाई बुझेर कानूनी कारबाही गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले लगानी समेत डुब्ने गरी कारबाही गर्दा उद्योग व्यवसायबाट व्यवसायी पलायन हुने अवस्था आउने बताउनु भयो । उहाँले सरकारले लामो समयदेखि बजार अनुगमन गरिरहेको तर बजारमा सुधार नभएको भन्दै सुधार हुन जरुरी रहेको बताउनु भयो ।


उहाँले सरकारले बजार अनुगमनबाट अस्वभाविक मूल्यवृद्धि हुँदैन भन्ने ग्यारेन्टी गर्दा मात्रै बजार अनुगमनको प्रभावकारीता हुने बताउनु भयो । उहाँले मिति सकिएका वस्तुहरु बजारमा पाइँदैन भन्ने अवस्था बनाउँदा मात्रै उपभोक्ताहरु ढुक्क भएर बजारमा जानसक्ने अवस्था आउने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपालमा कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एक जना एकल महिला

Next Post

हानी नोक्शानीको सवालमा कोप—२९ का निर्णयबाट उत्साहित हुने अवस्था छैन

Next Post

हानी नोक्शानीको सवालमा कोप—२९ का निर्णयबाट उत्साहित हुने अवस्था छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन