• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पत्रकार महासंघमा चुनावी रौनक, शर्मा र विष्टले पेस गरे जित्ने आधार

नीतिप्रेस by नीतिप्रेस
December 11, 2024
in agriculture, Uncategorized, नेपाली समाचार आजको, मनाेरञ्जन, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २८ मंसिरमा मतदान हुने नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनका लागि चुनावी माहोल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मैदानमा छन् ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवारका रुपमा शर्मा मैदानमा छिन भने प्रेस सेन्टर, प्रेस युनियनकै असन्तुष्ट पक्षसहित विष्ट चुनावी मैदानमा छन् । विशेषगरी शर्मा र विष्टबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका दुवै उम्मेदवारले आफ्नो जित निश्चित भएको दावी पेस गरेका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्षकी उम्मेदवार शर्माले महासंघको गरिमा र कुन्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिइन् ।

शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेशाभित्रको वास्तविकता आफूलाई प्रष्टसँग थाहा भएकाले पत्रकारहरुमा सबैखाले मुद्दाहरुको समाधानमा आफू सक्षम भएको दावी गरिन् ।

उनले पत्रकार महासंघलाई आजको गौरवपूर्ण अवस्थामा पुर्याउन आफूले अथक मेहेनत गरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनमा सिपाही रुपमा भूमिका खेलेको पनि बताइन ।

उनले  पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथी कुन्ठित गर्ने काम हुने गरेकोले त्यो  बेला आफू पक्राउ समेत परेको बताइन् ।

उनले  भनिन्, ‘म पत्रकार महासंघ र मिडियामा विगत ३० बर्षदेखि लगातार आवद्घ छु । मिडियामा श्रम गरिरहेको छु । त्यसैगरी पत्रकार महासंघलाई यो  ठाउँमा पुर्याउनको  लागि धेरै योगदान गरेको  छु । प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको  हरेक आन्दोलनको सिपाइ हुँ । पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुन्ठित गर्दा आफू डटेर लागेको हुँ ।’

साथै उनले पत्रकारिता नै आफ्नो अभियान भएको बताइन् । आफू लोकतन्त्रसंग विश्वास गर्ने र अभिव्यक्ति प्रेस तथा स्वतन्त्रताको पक्षधर सच्चा श्रमजीवि पत्रकार भएको बताइन् ।

त्यस्तै अध्यक्षका उम्मेदवार विष्टले आफूले लामो समयसम्म महासंघमै बसेर काम गरेको अनुभवलाई सदुपयोग गर्न, दलीय सिन्डिकेट तोड्न साथै पत्रकारिता पेशालाई व्यवस्थित गर्नका लागि नीति र कानुनमा परिवर्तन ल्याउन उम्मेदवारी दिएको दावी गरे ।

आफू उठनका लागि र स्टन्ट गर्नका लागि उम्मेदवार नबनेको बताउँदै विष्टले महासंघमा लामो समय भोलेन्टियर भएर काम गरेको मूल्यांकन यस पटक हुने उनको भनाइ छ । ‘म कसैको इसारामा अथवा कसैलाई सेवा गर्न जाँदे छैन् । त्यसैले मेरो जित सुनिश्चित छ । मैंले अगाडि सारेको एजेन्डा र अहिलेसम्म पाएको प्रतिक्रिया अनुसार राम्रो मतका साथ चुनाव जित्दैछु,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने ।

नेपालमा प्रेस कानुनहरु नबनिरहेको, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा चुनौति रहेको एवम परम्परागत र नयाँ डिजिटल मिडियाबिचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्दै पुर्नसंरचना आवश्यक भएकाले पनि महासंघको नेतृत्व सवल र अनुभवी चाहिने उनले बताए ।

‘विशेषगरी महासंघभित्रै शुद्धिकरण जरुरी छ । अन्य नीतिगत र कानुनी कुराहरुमा पुनसंरचना गर्नुपर्ने आवश्यक्ता छ । पत्रकारितामाथि धेरै प्रश्नहरु उठेका छन् । विहानदेखि रातिसम्म कर्म गर्ने तर त्यसको उचित पारिश्रमिक नपाउने एउटा बिडम्वनापूर्ण अवस्था पनि छ । यसका लागि अनुभवी र श्रमजीविका मुद्दा बुझ्नसक्ने नेतृत्व आवश्यक छ,’ उनले भने ।

विष्टले पत्रकार महासंघले सोचे अनुसार काम गर्न नसकिरहेको गुनासोहरु आइरहेकाले यसका लागि पहिले राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने धारणा राखे । उनले भने,‘राजनीतिक हस्तक्षेप प्रष्ट देखिएको छ । दलीय सिन्डिकेट तोड्नैपर्छ । अहिले पत्रकारितका क्षेत्रमा प्रशस्त प्रश्नहरु उठेका छन् । त्यसैले पत्रकारहरुलाई परेको समस्या र सुरक्षा समस्याहरु करिब छ महिनाभित्र परिवर्तन गराउने मेरो लक्ष्य छ ।’

Previous Post

श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई शुरु

Next Post

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यकः बोर्ड अध्यक्ष श्रेष्ठ

Next Post

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यकः बोर्ड अध्यक्ष श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन