• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी

नीतिप्रेस by नीतिप्रेस
December 31, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

पोखरा, पुस १६ गते । नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारहरूले निष्कर्ष निकालेका छन् ।
सोमवार पोखरामा आयोजित पोखरेली गजलप्रेमीहरूको भेलाले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई ‘गजल’ नै भनिनुपर्नेमा जोड दिएका छन् । गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेका अभियानप्रति कटाक्ष गर्दै भेलाले नवप्रवेशी गजलकारहरूलाई दिग्भ्रमित पार्ने त्यस्ता प्रयासको भत्र्सनासमेत गरेको छ ।
सो कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गजलमा आएको विवादले राम्रा गजलकाहरूमा समेत गजलप्रति वितृष्णा जगाएको बताए । विशेष गरी बहरवादीहरूले स्वतन्त्र गजलप्रति गर्ने गालीगलौज र आक्षेपले नेपाली गजलको विकास नभई विनाश गरिरहेको धारणा सरुभक्तको थियो । गजलमै विशेषज्ञता हासिल गरेका विद्वान्हरूले समेत निषेधात्मक सोच राख्नु नेपाली साहित्यकै दुःखद अवस्था भएको भन्दै सरुभक्तले नयाँ सिद्धान्तको प्रतिपादक हुने लोभमा स्थापित विधाप्रति घृणा गर्नु आपत्तिजनक भएको विचार राखे । गजलको परम्परागत शाब्दिक अर्थ ‘प्रेमिकासँगको कुराकानी’ लाई मात्रै आत्मसात् गरेर लेख्ने परम्परा धेरै अघि नै तोडिएको भन्दै उनले ‘के त्यसो भए आजका दिनमा पनि महिलाले गजल नै नलेख्ने त ?’ भन्ने प्रश्न गरे । परम्परागत लयविधान मात्रै अँगालेर लेख्नुपर्ने परम्परावादी सोचले एक्काइसौँ शताब्दीका गजलकारको सोचलाई सम्बोधन गर्न नसक्ने विचार राख्दै सरुभक्तले कुन शैलीमा लेख्ने भन्ने कुरा लेखकीय स्वतन्त्रताको कुरा भएको बताए । उनले कसैले लेखेको गजललाई हास्यास्पद लाग्ने खालका कुनै नाम दिने काम बन्द गर्न पनि आग्रह गरे ।
कवि तीर्थ श्रेष्ठले साहित्यकारलाई कुनै वाद वा सूत्रको नियममा बाँध्ने प्रयास गर्नु मूर्खता हुने भनाइ राखे । वर्तमानमा नेपाली गजलका क्षेत्रमा स्वतन्त्र लयविधानकै गजलहरूलाई पाठक÷स्रोताले आत्मसात् गरेको बताउँदै उनले शास्त्रीय बहरमा लेखिएका रचनालाई मात्रै ‘गजल’ भन्ने अतिवादी सोचको विरोध गरे । बहरमा रुचि हुनेले बहरमा लेख्दा पनि हुने र स्वतन्त्र लेखनमा रुचि हुनेले स्वतन्त्र लयविधानमा गजल लेख्न सकिने श्रेष्ठको धारणा थियो । ‘एकअर्कालाई हिलो छ्यापेर के फाइदा ?’ श्रेष्ठको प्रश्न थियो । बहर मिलाउँदैमा सबै गजल नबन्ने बरु त्यसको भाव र स्पर्श सामथ्र्य बलियो हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमका अध्यक्ष गजलकार लक्ष्मण थापाले कतिपयलाई बहरको भूत सवार हुँदा सूत्र मिलाउने ध्यान मात्रै हुने र गजलको विचार पक्ष मर्ने गरेको उदाहरण दिए । उनले पोखरामा पनि बहरमा लेख्ने गजलकारहरू प्रशस्त भए पनि यहाँ कसैले कसैलाई आक्षेप नलगाएको धारणा राख्दै देशभरि नै आआफ्ना रुचिअनुसारका गजल लेख्न आह्वान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले आवश्यक परे आगामी दिनमा पनि नेपाली गजलका बारेमा थप बहस गर्न यस्ता कार्यक्रमा आयोजना गर्न सकिने बताए ।
गजलकार डा. ईश्वरमणि अधिकारीले गतिशील संसारमा साहित्य पनि गतिशील हुने र समयअनुकूल विधागत वैशिष्ट्य पनि परिवर्तन हुन सक्ने बताए । उनले स्वतन्त्र वा बहर जेमा लेखे पनि गजल जस्तो गजल लेख्न सबैसँग आग्रह गरे ।
गजलकार दीपक समीपले आफूले पनि बहर र स्वतन्त्र लयविधान दुवैमा गजल लेख्ने गरेको अनुभव सुनाउँदै बहरमा लेख्दैमा अर्कै लोकका गजलकार बनेको अनुभव नगर्न आग्रह गरे । उनले आआफ्ना रुचि र क्षमताअनुसारका गजल लेख्ने सबैलाई उत्तिकै सम्मान गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा उपस्थित गजलकारहरूले गजललाई गजलका रूपमा स्थापित हुन नदिनका लागि गरिएको षड्यन्त्रको विरोधमा सबै बोल्नुपर्ने बताएका थिए । सोही अवसरमा प्रस्तुत गरिएको अवधारणपत्रमाथि विचार विमर्श गरी सातबुँदे घोषणापत्रसमेत जारी गरिएको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

पार्दी मा.बि.को ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न: Nitipress

Next Post

भीम रावलको आक्रोशः पार्टीमा स्थान नदिनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व

Next Post

भीम रावलको आक्रोशः पार्टीमा स्थान नदिनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन