• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पार्दी मा.बि.को ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न: Nitipress

नीतिप्रेस by नीतिप्रेस
December 30, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

कास्की,

पार्दी माध्यमिक  विद्यालयको ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार बितरण समारोह सम्पन्न भएको छ । पोखरामहानगरपालिका-१७ मुस्ताङचोक,पार्दी स्थित पार्दी माध्यमिक  विद्यालयले एक समारोहको आयोजना गरी अाइतवार आफ्नो ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । 

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षता, गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीको प्रमुख आतिथ्यता तथा  शिक्षा बिकास तथा समन्वय ईकाइ,कास्की  प्रमुख लोकनाथ आचार्यको विशिष्ठ आतिथ्यतामा भएको बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक वामदेव पौड्यालले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन र लेखा सहायक रमानाथ पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बिद्यालयका  प्रधानाध्यापक पौड्यालले विद्यालयको शैक्षिकसत्र  २०८०  सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयमा आर्थिक अभावका कारण भौतिक एवं शैक्षिक बिकासमा चुनौती थपिएको उल्लेख गर्नुभयो  प्रधानाध्यापक पौड्यालले पार्दी माध्यमिक बिद्यालयमा बाल बिकास कक्षा देखि कक्षा १२ सम्म पढाई भई रहेको बताउदै शैक्षिक सत्र  २०८० मा झन्डै ४८० जना  बिद्यार्थी अध्यनरत रहेको वताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले यस विद्यालयले विगतको तुलनामा राम्रो शैक्षिक गुणस्तर कायम गरिरहेको बताउँदै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफुले पुर्ण सहयोग समेत रहेको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै आगामी दिनहरुमा पनि उतरोत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो । कार्कीले परम्परागत शिक्षाले शैक्षिक बेरोजगारी सृजना भएको भन्दै शिक्षालाई व्यावसायिक बनाएर प्रत्येक व्यक्तिको हातमा सिप हस्तान्तरण गरि प्राबधिक र दक्ष जनशक्ति उत्पादनमा बिद्यालयले जोड दिनुपर्ने बताए । 

कार्यक्रममा  विशिष्ट अतिथि लोकनाथ आचार्यले सामुदायिक विद्यालयहरुलाई समाजले चासो पूर्वक हेरेकाले सुधारका लागि ढिलाई गर्न नहुने बताए । अधिकांश सामुदायिक विद्यालयहरुको भौतिक तथा आर्थिक अवस्था बलियो हुँदा हुँदै पनि शैक्षिक परिणाम खस्केकोमा चिन्ता व्यक्त गर्दै उनले व्यवस्थापन पक्ष सुधार गरे सामुदायिक विद्यालयहरुको स्तर माथि आउने बताए ।  यस विद्यालयले भौतिक पुर्वाधार र विभिन्न शैक्षिक सामाग्रीहरुको अभावका बावजूत पनि पछिल्लो समय शैक्षिक सुधार गर्दै लगेको र अभिभावक एवं सरोकारवालाले आफ्ना बाबुनानीको आचरण र शैक्षिक सुधारमा थप चासो दिनुपर्ने बताउदै कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

पोखरा शिक्षा महाशाखाका शिक्षा अधिकृत रामप्रसाद सुवेदीले सामुदायिक बिद्यालयमा रहेका बिबिध समस्या हल गर्न तिन वटै सरकारको साझेदारी आवस्यक छ,बिद्यालयसंग सरोकार राख्ने निकायको सकारात्मक सोच सहयोग रहेमा राज्य द्वारा संचालित सामुदायिक बिद्यालय प्रतिको आकर्षण बढाउँन सकिने  पनि बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा १७ का वडा सदस्य अध्यक्ष बिक्रम गुरुङ ,  विद्यालय व्यवस्थापन समिती पुर्व अध्यक्ष तोयानाथ लम्साल, वडा नम्बर १७  का  पुर्व अध्यक्ष तिर्थराज अधिकारी ,ब्र्हमकुमारी विश्वविद्यालय प्रमुख अप्सरा दिदी अभिभावक गङ्गा पङ्गेनी लगायतले बिद्यालयको प्रगतिमा सन्तुष्टि व्यक्त गर्दै थप प्रयत्न गरि अब्बल बिद्यालयको रुपमा स्थापित हुन सबै सरोकारवालाले मिहिनेत गर्नुपर्ने र आफ्नो तर्फबाट थप पहलकदमी गर्न कुनै कसुर नराख्ने बताउनुभयो । 

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि , शिक्षाप्रेमी,चन्दादाता, समाजसेवी , बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं सदस्य ,शिक्षक-अभिभावक संघका पदाधिकारी ,सल्लाहकार ,अक्षकोष सँस्थापक, पुर्व शिक्षक लगाएत विभिन्न बिद्यालयका प्रधानाध्यापक एवं अध्यक्ष , विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

कार्यक्रममा उत्कृष्ठ शिक्षक, शिक्षिका  डोलकुमारी पौडेल, गोविन्द सुवेदी र कर्मचारीमा लेखा सहायक रमानाथ पौडेललाई सम्मान गरिएको थियो ।  शिक्षक शकुन्तला आचार्य, पवित्रा बराल, बिष्णुप्रसाद बराल, अम्बिका आचार्य, सरिता पौडेल , डोलकुमारी पौडेल , वामदेम पौड्याल र गोविन्द सुवेदीलाई आफुले अध्यापन गर्ने विषयमा कुशल अध्यापन गरि सतप्रतिशत नतिजा ल्याउनमा सफल भुमिका खेलेको भन्दै सम्मान गरिनुका साथै अभिभावक र विद्यार्थीहरुलाई विभिन्न  विधामा सम्मान समेत गरिएको थियो । कार्यक्रममा खेलकुद एवं अतिरिक्त क्रियाकलाप, अनुशासन र लगनशिलतामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।  

कार्यक्रममा अतिथीहरुलाई स्वागत विद्यालयका सहायक प्रधानाध्यापक डोलकुमारी पौडेलले गर्नुभएको थियो भने विद्यार्थीको तर्फबाट कक्षा ६ मा अध्ययनर दिलकुमारी पङ्गालीले आफ्नो स्वागत मन्तब्य राख्नुभएको थियो ।कार्यक्रमको संचालन विद्यालयका शिक्षक शंकरराज अधिकारी र समन्वय गोविन्द सुवेदीले गर्नुभएको थियो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

गुणस्तरीय शिक्षा र तीन तहको समन्वय शिक्षा मन्त्री भट्टराईको जो

Next Post

नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी

Next Post

नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन