• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गुणस्तरीय शिक्षा र तीन तहको समन्वय शिक्षा मन्त्री भट्टराईको जो

नीतिप्रेस by नीतिप्रेस
December 30, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

विराटनगर, पौष १५ – शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोशी प्रदेश सरकारको संयुक्त आयोजनामा विराटनगरमा एक परामर्श बैठक सम्पन्न भएको छ। बैठकमा  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईले गुणस्तरीय शिक्षामा जोड दिँदै तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “संविधानले अधिकार तोकेको छ, संघियताका तीनओटै तहका विशिष्टिकृत अधिकार छन्, तर सँगसँगै मिलेर गर्न सकिने काम पनि छन्। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनका लागि तीन तहको सरकारबीच सहकार्य आवश्यक छ।” उहाँले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र आधारभूत तहमा कोही पनि शिक्षाबाट वञ्चित हुन नहुने बताउनु भयो । कार्यक्रममा मन्त्री भट्टराईले शिक्षा विधेयक संसदमा विचाराधीन रहेको र यसबाट सकारात्मक परिणाम आउने आशा व्यक्त गरिन्। शिक्षाका हरेक काममा संघीय सरकार मात्र नभई प्रदेश र स्थानीय तहको पनि साझेदारी तथा योगदान हुनुपर्ने कुरामा उहाँले जोड दिँदै स्थानीय तहले आफ्नो बजेटबाट स्थानीय शिक्षा कोष खडा गर्नु पर्छ उल्लेख गर्नुभयो । उक्त कार्यक्रमबाट आएका निष्कर्ष शिक्षा प्रणालीको समग्र सुधारका लागि महत्वपूर्ण खुराक हुने कुरा बताउँदै बैठक सातै प्रदेशमा सञ्चालन गरिने र प्रदेशहरूबाट प्राप्त निचोडलाई संश्लेषण गरेर  विषयगत समितिमा राखी आगामी दिनमा शिक्षाको नीति र बजेट तय  गरिने बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा क्षेत्रमा सुधारको खाँचो औंल्याउनु भयो । उहाँले संघीय शिक्षा मन्त्रालयको यो बैठक राखेकोमा प्रशंसा गर्दै प्रदेश सरकार संघीय सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले, संघीय शिक्षा ऐन समयमै नआएतापनि ऐन नियमको कुरा मात्र देखाएर नबसी  कर्मचारीहरूलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिनु भयो । उच्च शिक्षामा विशेष साझेदारीको आवश्यकता औंल्याउनु भयो । मुख्यमन्त्री कार्कीले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने र विद्यालय समायोजनलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । “हिमाली क्षेत्रमा आवासीय विद्यालय र तराईमा बसको व्यवस्था गर्ने नीति ल्याउनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले संघीय सरकारलाई विद्यालय समायोजनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

बैठकमा सहभागी प्रदेश सांसदहरूले शिक्षा क्षेत्रका विभिन्न समस्या र सुझाव प्रस्तुत गर्नु भएको थियो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (CTEVT) को व्यवस्थापन, शिक्षक व्यवस्थापन, पाठ्यक्रम सुधार, बजेट विनियोजन लगायतका विषयमा छलफल भएको थियो।

बैठकले संघीय र प्रदेश सरकारबीचको समन्वयलाई थप मजबुत बनाउने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेशका सांसदहरू, मन्त्रालयका सचिवहरू लगायतको उपस्थिति थियो।

बैठकमा संघीय मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल दाहालले प्रदेश सरकारको अधिकार, प्रस्तावित विद्यालय शिक्षा विधेयकमा प्रदेशको भूमिका, बजेट विनियोजन, प्रदेशका मुख्य कार्यक्रम लगायतका विषयमा 

 प्रस्तुतीकरण गर्नुभएको थियो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

पोखरा-१७ ले विद्यालयस्तरीय वक्तृत्वकला कला प्रतियोगितामा सम्पन्न

Next Post

पार्दी मा.बि.को ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न: Nitipress

Next Post

पार्दी मा.बि.को ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न: Nitipress

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन