• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

माघे पर्वको शुभकामना, मंगलबार सार्वजनिक बिदा

नीतिप्रेस by नीतिप्रेस
January 13, 2025
in Uncategorized, अन्य, धर्म/संस्कृति, नेपाली समाचार आजको, विविध, समाचार, सूचना प्रविधि
0
माघे पर्वको शुभकामना, मंगलबार सार्वजनिक बिदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

माघे पर्वका अवसरमा विभिन्न माध्यमबाट शुभकामना आदान प्रदान भएको छ । विभिन्न संघ संस्था, क्लब, आमा समूह, धार्मिक संघसंस्था लगायतले शुभकामना साटासाट समेत गरेका छन् ।


माघ महिनाको पहिलो दिन माघे संक्रान्ति पर्व मनाउने दिन विभिन्न धार्मिक क्रियाकलापमा भाग लिएर नेपालीहरुले पर्व मनाएका छन् । मंगलबार देशभरका विभिन्न क्षेत्रमा स्नान, जप, तप, ध्यान तथा साधना, दान गरेर मनाउने तयारी देखिएको छ ।


सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएसँगै माघ १ गतेलाई मकर संक्रान्ति भनिदै आएको छ । माघी पर्वको अवसरमा आज मंगलबार देशभर सार्वजनिक बिदा समेत दिएको छ ।
दिन लामो र रात छोटो हुँदै जाने भएकाले माघे पर्वलाई साउने संक्रान्तिको ठिक विपरित मानिन्छ । सूर्य उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान तथा साधना, दान गर्नाले पुण्य मिल्ने विश्वास गरिन्छ ।

आजको दिन विभिन्न धार्मिक तीर्थस्थलहरु देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, गुल्मीको रिडी लगायतका स्थानमा भक्तजनहरुले स्नान गरेर धर्म कमाउने विश्वास गरिँदै आएको छ । विभिन्न स्थानमा विशेष मेलासमेत लाग्ने गर्छ ।


माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका परिकार, खिचडी, सखरखण्ड, तरुल लगायतका परिकार खानाले निरोगी हुने जनविश्वास रहेको छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।


आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता समेत रहेको छ ।

Previous Post

पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र प्रधानमन्त्रीबीच भेट

Next Post

विवरण बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रारको सर्भर डाउन

Next Post
विवरण बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रारको सर्भर डाउन

विवरण बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रारको सर्भर डाउन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन