पोखरा । नवआदर्श सामुदायिक विकास समाज पोखराको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन् । संस्थाको २८औँ साधारणसभा तथा १५औं अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
समाजको प्रथम उपाध्यक्षमा अर्जुन भण्डारी, द्वितीय उपाध्यक्षमा हरिबहादुर थापा, सचिवमा शोभा बानिया, कोषाध्यक्ष विष्णुमाया बानिया, सहसचिव राजकुमार पौडेल र सहकोषाध्यक्ष निर्मल पौडेल छन् ।
यस्तै कार्यसमिति सदस्यमा निराजन बस्नेत, प्रकाश थापा, गीता भण्डारी र लक्ष्मी छन्त्याल छन् ।
विष्णुप्रसाद शर्मा निर्वाचन अधिकृत रहेको निर्वाचन समिति सदस्यमा होमबहादुर बानियाँ र रामचन्द्र आचार्य सदस्य थिए ।
अधिवेशन उद्घाटन गर्दै पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले समाजले सामाजिक क्षेत्रमा गरेको योगदान उदाहरणीय रहेको बताए ।
कार्यक्रममा पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संस्थाका मानार्थ सदस्य बाबुराम आचार्य, पूर्वअध्यक्ष रेश्मा अधिकारीलगायतले बोलेका थिए ।
सो अवसरमा तीज महोत्सव संरक्षण कोषका दातालाई सम्मान गरिएको संयोजक नवीन भण्डारीले बताए ।
समाजका अध्यक्ष स्वागतमान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दिनेश भण्डारी र सञ्चालन सचिव हरिबहादुर थापाले गरेका थिए ।
पोखरा लामाचौरस्थित नवआदर्श सामुदायिकले बर्सेनि तीज महोत्सवलगायत विविध कार्यक्रम गर्दै आएको छ ।
समाजले एम्बुलेन्स, शवबाहनसमेत सञ्चालन गरेको छ । गोस्तेघाट खेल मैदान बनाएको समाजले खेलकुद, शिक्षा, स्वास्थ्य, लोक तथा कलासंस्कृति जगेर्नालगायत क्षेत्रमा काम गर्दै आएको छ ।






