पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज सुनको भाउ एक लाख ५५ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन मंगलबार बार एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा भने एक लाख ५५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा चाँदीको भाउ एक हजार आठ सय ६० रुपैयाँँ कायम भएको छ ।






