पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघेसंक्रान्ती मेला जारी छ ।
सिक्लेस युवा क्लबद्वारा आयोजित मेला शुक्रबार समापन हुनेछ । मेलाको औपचारिक उद्घाटन आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम छ ।
मेलामा आयोजित ठेलो प्रतियोगिताको उपाधि स्याङ्जा टक्सारका निरज गुरुङले जितेका छन् । उनले ४५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।
यस्तै, बागलुङ निसीखोलाका बालकुमार विरही दोस्रो हुँदै ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजेता र उपविजेतालाई सम्मानसहित गाउँ परिक्रमा गराइएको बताइएको छ ।
मेलाको मुख्य आकर्षकको रुपमा खुला भलिबल र बास्केटबल प्रतियोगिता समेत जारी छ ।
उक्त प्रतियोगिताको विजेताले समान एक-एक लाख र उपविजेताले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यता, खुला महिला भलिबल प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
साथै गुरुङ भाषा नृत्य प्रतियोगितमाा प्रथम हुनेलाई ६० हजार, दोस्रो हुनेलाई ४५, तेस्रोलाई ३० हजार रुपैयाँ र उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य निर्देशकलाई समेत पाँच-पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइन्छ ।






