पोखरा । उत्तरी म्यानमारको काचिन राज्यमा रहेको जेड खानी भत्किँदा हालसम्म २२ जनाको शव फेला परेको छ ।
आज पनि उद्धार प्रयास जारी रहेको पनि प्रहरी अधिकारीले बताएका छन् ।
हपाकान्ट टाउनशिपको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमवार दुर्घटना भएको थियो ।
सो घटनामा ५७ घरसमेत पुरिएको बताइएको छ ।






