बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक महिलाको ज्यान गएकाे छ ।
मृत्यु हुनेमा बुढीगङ्गा-३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्याय छन् ।
डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर खस्दा उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन् ।
घटनाबारे अनुसन्धान भइरेहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।






