गोरखा । गोरखा बजारमा आज बिहान एक जना मृत फेला परेका छन् ।
गोरखा नगरपालिका वडा नं ६ छहरेका ८५ बर्षीय टोपबहादुर पाठक घर नजिकै मृत फेला परेको प्रहरीले जनाएको छ ।
घरबाट बिहान ५ बजेतिर निस्किएका पाठक करिब ९ बजे घर नजिकैको काडाँघाँरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पाठकको घाँटीमा गहिरो चोट देखिएका कारण हत्याको आशंका गरिएको छ ।
उनको शव गोरखा जिल्ला अस्पतालमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






