पोखरा । चितवनमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका वडा नं ३ मनकामनाका ५८ वर्षीय यमबहादुर आले छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका आलेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं ४ अध्यचोकमा आले सवार ना४९प २९३७ नम्बरको मोटरसाइकल र ना५च ९४८ नम्बरको बोलेरो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
बोलेरो र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






