• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारद्वारा जारी अध्यादेशप्रति शिक्षक संघ कास्कीको आपत्ति [विज्ञप्ति]

नीतिप्रेस by नीतिप्रेस
January 17, 2025
in गण्डकी प्रदेश, फिचर, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल शिक्षक संघ कास्कीले नेपाल सरकारद्वारा हाल जारी गरिएको अध्यादेशबाट शिक्षकलाई योगदानमा आधारित निवृत्त कोषमा सहभागी गराउने सम्बन्धमा अध्यादेशबाट भएको व्यवस्थाप्रति आपत्ति जनाएको छ ।

संघका अध्यक्ष राजु क्षेत्री र सचिव तारानाथ भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारद्वारा हाल जारी गरिएको अध्यादेशबाट शिक्षकलाई योगदानमा आधारित निवृत्त कोषमा सहभागी गराउने सम्बन्धमा अध्यादेशबाट भएको व्यवस्थाप्रति नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विद्यालय शिक्षा विधेयक २०८० संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा परामर्श चरणमा छलफल भइरहेको अवस्थामा सम्बन्धित सरोकारवालासँग विना छलफल सरकारद्वारा अध्यादेश जारी गरिएको संघले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा शिक्षक महासङ्घसँग भएका ३० बुँदे, ५१ बुँदे, २०८० असोज ५ गते र १२ गतेको ६ बुँदे र ५ बुँदे सम्झौताको बेवास्ता गरी ल्याइएको यस भूतप्रभावी अध्यादेशको व्यवस्था कुनै पनि शिक्षकलाई मान्य नभएको हुँदा नेपाल शिक्षक सङ्घ कास्कीलाई पनि यो अध्यादेश किमार्थ स्वीकार्य छैन ।’

चालु शिक्षा ऐनअनुसार नियुक्त शिक्षकको निवृत्तिभरण सोही ऐन तथा नियमावली बमोजिम नै हुनुपर्दछ भन्ने आफूहरुको बुझाई रहेको संघले उल्लेख गरेको छ ।

‘तसर्थ योगदानमा आधारित निवृत्तभरण कोषमा शिक्षकलाई पनि समावेश गर्ने भन्ने कुरा नयाँ शिक्षा ऐन जारी भए पश्चात मात्र हुने व्यवस्था गर्नका लागि नेपाल शिक्षक सङ्घ कास्की जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

यो अध्यादेश निष्कृय गराएर शिक्षकका पेशागत माग र मुद्दालाई तत्काल सम्बोधन गर्न पनि संघले माग गरेको छ ।

समयमै सङ्घले उठाएका सवाल पूरा नगरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरकारले लिनुपर्ने समेत संघले चेतावनी दिएको छ । संघका अध्यक्ष क्षेत्रीले आन्दोलनका लागि तयार रहन शिक्षकहरुलाई आग्रह समेत गरेका छन् ।

उनले समाजिक सञ्जालमा यस्तो लेखेका छन् :

नेपाल सरकारले अध्यादेशमार्फत निबृतिभरण कोष ऐन २०७५ संशोधन गरी २०७५/१२/४ पछि स्थायी नियुक्ति हुने शिक्षकलाई योगदानमा आधारित निवृतिभरण कोषमा आबद्ध गराउने निर्णय गरेको छ, यो कदम

१ मिति २०८०/६/४,५ र ६ गतेको ऐतिहासिक शिक्षक आन्दोलन र सरकारले गरेको सम्झौता विपरित छ ।

२ यसले २०७५/१२/४ गते पछि नियुक्ति हुने शिक्षकहरुलाई पेन्सनबाट बन्चित गरेको छ ।

३ सरकार संघीय शिक्षा ऐन जारी गरी शैक्षिक, पेशागत माग र मुद्दालाई सम्बोधन गर्न चाहँदैन ।

४ बिषयगत समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक संसदको हिउँदे अधिवेशनबाट पारित गराउनुको सट्टा बिषयान्तर गरेर शिक्षा र शिक्षक कर्मचारीप्रति प्रतिशोध साँध्दैछ ।

५ यो अध्यादेश भूतप्रभावी छ । अध्यादेश प्रमाणीकरण २०८१/०९/२९, लागु हुने २०७५/१२/०४ देखि । त्यसैले नेपाल शिक्षक महासङ्घलगायत शिक्षकका पेशागत संघ, संगठन फेरि एकपटक शिक्षक आन्दोलन भाग २ को तयारीमा जुटौँ ।

संघद्वारा जारी विज्ञप्ति

Previous Post

करेन्ट लागेर २७ वर्षीय रोशनको मृत्यु

Next Post

क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम

Next Post

क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन