• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अध्यादेशको विरोधः कास्कीका ३५ शिक्षकले बुझाए राजीनामा

नीतिप्रेस by नीतिप्रेस
January 17, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीका ३५ जना स्थायी शिक्षकले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । सरकारले हालै ल्याएको अध्यादेशको विरोध गर्दै उनीहरुले शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षा मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

२०७५ चैत ४ गतेपछि स्थायी भएको शिक्षकले अध्यादेशप्रति असन्तुष्टि जनाएका हुन् । राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन नरोक्ने उनीहरुले स्पष्ट पारे ।

सरकारले गरेको निर्णयबाट पर्ने आर्थिक र मानसिक मर्का सहन नसकेर सामूहिक राजीनामा पेस गरेको शिक्षकहरुको तर्फ छ ।

शक्षकमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको उनीहरुको जिकिर छ । उनीहरुले प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानुनको निर्माण गरी अध्यादेश जारी गरेको आरोप लगाए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ९ स्थित भगवती माविका शिक्षक कीर्तिराज ढकालले शिक्षकलाई गुदपाक देखाएर बोलाउने र गोबर खुवाएर लखेट्न सरकार उद्यत भएको भन्दै दुःखेसो पोखे ।

अध्यादेशको कार्यान्वयनले सेवा प्रवेशको समयमा भएका व्यवस्थालाई समेत उल्ट्याई करिब छ वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निश्चित प्रतिशत निवत्तिभरण कोषमा दाखिला गर्नुपर्ने उनको जिकिर छ ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले शिक्षकका राजीनामा पत्र सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता जनाए ।

आजै नेपाल शिक्षक संघ कास्कीले विज्ञप्ति प्रकाशित गरी सरकारले हालै ल्याएको अध्यादेशप्रति आपत्ति जनाउँदै पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बिहीबार नेपाल शिक्षक महासंघ कास्कीले पनि विज्ञप्ति प्रकाशित गरी अध्यादेशको विरोध गरेको थियो ।

Previous Post

कानून निर्माण काम रोक्नका लागि होइन: प्रधानमन्त्री

Next Post

पोखरामा टाइगर कप : यस पटक कुन-कुन टिम भिड्दैछन् ?

Next Post
फाइल तस्बिर

पोखरामा टाइगर कप : यस पटक कुन-कुन टिम भिड्दैछन् ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन