पोखरा । सन्धुपाल्चोकमा मालबाहक ट्रकले शुक्रबार मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका वडा नं ७ का दावा छिरिङ तामाङ छन् । तामाङ बा०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकल चालक हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका दुई जनाको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते दुई जना प्र ०२–०४८ प ७५३९ नम्बरको स्कुटरमा सवार दिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार लामोसाँघु जिरी सडकखण्डमा मधेश प्रदेश ०३०२ख०५३४ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
स्थानीयका अनुसार ट्रकको ठक्करबाट लडेको मोटरसाइकलमा आगो लागेको थियो । सोही आगोले जलेर चालकको मृत्यु भएको हो । त्यसलगत्तै भाग्न खोजेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटना लगत्तै फरार भएका ट्रकका चालक तनहुँका किरण शाहलाई नियन्त्रणमा लिएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






