• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा पहिलो पटक दाइँ महोत्सव हुने

नीतिप्रेस by नीतिप्रेस
January 17, 2025
in गण्डकी प्रदेश, फिचर, समाचार
0
फाइल तस्बिर

फाइल तस्बिर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा पहिलो पटक दाइँ महोत्सव हुने भएको छ । महोत्सव पोखरा महानगरपालिका वडा नं २३ स्थित फेवाफाँटमा हुनेछ ।

परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार ‘सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमार्फत अफ सिजनमा पनि पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न र कृषि पर्यटनलाई पनि बढावा दिन महोत्सव महत्वपूर्ण हुने अध्यक्ष पहारीको विश्वास छ ।

‘बढ्दो शहरीकरण, बदलिँदो जीवन शैलीलाई न्यूनीकरण गर्न र परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न पनि महोत्सव स्थापित हुनेछ’, उनले भने, ‘पर्यटन व्यवसायीले पोखराको पर्यटनलाई जीवन्त राख्न सञ्चालन गरेका यस्ता महोत्सवबाट आन्त्तरिक एवं बाह्य पर्यटनलाई बढवा दिनेछ ।’

परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पोखरा पर्यटन परिषद्ले असारमा रोपाइँ महोत्सवमार्फत ‘हिलोमा एक पटक त टेक्नै पर्छ है’ भन्ने अभियान मात्र सञ्चालन गरेन नेपाल सरकारलाई यही दिनमा ‘धान दिवस’ को रुपमा मनाउन प्रेरित गरेको इतिहास साक्षी छ ।’

कृषिप्रधान मुलुक नेपाल र कृषि बालीमध्ये धान मुख्य बालीसँगै नेपालका अधिकांश जनताका भान्छाको प्रमुख परिकार हो । त्यसमाथि जेठो बुढो धान पोखराको पहिचान बनेको छ । तीब्र शहरीकरणमा कारण मुख्य खाद्यान्न बालीका रूपमा प्रयोग गरिँदै आएको धान खेती विगतका केही समय यता खस्कँदै गरेको अवस्थामा छ ।

बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबुढुवा, सेदीबगर, फेवाफाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको छ । यसको जगेर्नाका लागि सन्देश दिन पनि यसवर्ष दाइँ महोत्सव आयोजना गरिएको अध्यक्ष पहारीले बताए ।

Previous Post

हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

Next Post

फोनिज कास्कीको अध्यक्षमा बिनु

Next Post

फोनिज कास्कीको अध्यक्षमा बिनु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन