• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीको मादीमा नागीधार महोत्सव सुरु

नीतिप्रेस by नीतिप्रेस
January 18, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार गाउँमा नागीधार महोत्सव सुरु भएको छ । महोत्सव माघ ६ गतेसम्म चल्नेछ ।

महोत्सव उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, ब्राह्मण समुदायको भजन टुक्कालगायतको सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो ।

महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पर्यटन प्रवर्द्धन गर्नका लागि महोत्सव काेशेढुंगा सावित हुने बताए ।

‘सहर केन्द्रित महोत्सव धेरै हुने गरेका छन् तर तपाइँले आफ्नो गाउँको प्रचारप्रसार गर्नका लागि थालेको यो प्रयास महत्पूर्ण छ’, उनले भने, ‘पक्कै पनि यो महोत्सव यो क्षेत्रको पर्यटन र खेल क्षेत्रको प्रवर्द्धनमा काेशेढुंगा सावित हुने मेरो विश्वास छ ।’

उनले थुम्सीकोटदेखि गहते मिजुरे पाखुरीकोट नागीधार पोसीसम्मको सडक स्तरोन्नतिका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महोत्सवकै अवसरमा खेल मैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय तथा समाजसेवी सरबहादुर गुरुङ, नरबहादुर गुरुङ, कृष्णप्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौताराको परिवारका सदस्य र मन्त्री गुरुङले संयुक्तरुपमा उद्घाटन गरे ।

महोत्सवमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, महासमिति सदस्य दीपक गुरुङ, मादी-८ का वडाध्यक्ष प्रेमबहादुर गुरुङ, पूर्ववडाध्यक्ष याम गुरुङ, महिला नेतृ तीर्थकुमार गुरुङले बोलेका थिए ।

महोत्सवमा आयोजित खुला सेभेन ए साइड पुरुष फुटबलतर्फ कास्की र लमजुङका २८ टिमको सहभागिता रहेको खेल संयोजक तथा नागीधार सिर्जनशील युवा क्लब अध्यक्ष विशाल घलेले जानकारी दिए ।

पहिलो खेलमा नागीधार एफसीले वालुवा एफसीलाई २-० ले पराजित गर्दा वद्रर एफसीले पोसी एफसीलाई ६-० ले पराजित गर्‍याे ।

यस्तै पाखुरीकोट एफसीले मुग्री एफसीलाई ४-० ले पराजित गर्दा कुम्लुङ एफसीले थुम्सीकोट एफसीलाई टाइवेकरमा ३-२ ले पराजित गरेको गर्‍याे ।

नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवर्द्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

नागीधार गाउँको सर्वांगिण विकासमा क्रियाशील सामाजिक संस्था नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरालगायत संस्थाको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथरबेँसी विकास समितिलगायत संस्थाको सहयोग तथा प्रवर्द्धनमा महोत्सव आयोजना गरिएको हो ।

Previous Post

आजदेखि पोखरामा पाँच इभी ब्राण्डको ‘एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’

Next Post

म्याग्दीमा जीप दुर्घटना, चालक तेजेन्द्र खत्रीको मृत्यु

Next Post

म्याग्दीमा जीप दुर्घटना, चालक तेजेन्द्र खत्रीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन