पोखरा । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ शनिबारदेखि ७ गते सोमबारसम्म बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा हुनेछ ।
निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डका लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रालि’, तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर ‘एसएसएल मोटर्स कम्पनी’ द्वारा आयोजना हुने तीन दिने कार्यक्रममा सहभागीले विभिन्न सवारी साधनको अवलोकन र टेस्ट-ड्राइभ गर्न सक्नेछन् । साथै आकर्षक छुट तथा डिस्काउन्टको अवसर प्राप्त गर्नेछन् ।
नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नाम शारडा ग्रुप र गोल्छा अर्गाइजेसनको सहकार्यमा कार्निभल आयोजना गरिएको हो ।
ओमोडा, जेइको, जिकर (इभि सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडल यो समूहले नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ । गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रन इ-सि-३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधन प्रदर्शन गरिरहेको छ ।
कार्यक्रममा सहभागीले यी सवारी साधनको टेस्ट-ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्स्चेन्ज गर्दा आकर्षक एक्स्चेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८० प्रतिशतसम्मको फाइनान्सिङसहित ठाउँको ठाउँ वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ ।
साथै यस कार्निभलले सहभागीलाई प्रख्यात गाडीका ब्रान्डको नवीनतम् मोडेलको उत्साहजनक टेस्ट-ड्राइभका साथै र बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरको लाभ लिन एक महत्वपूर्ण अवसर प्रदान गर्दछ ।
विभिन्न आधुनिक गाडीका प्रदर्शन र टेस्ट-ड्राइभबाहेक, कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषता पनि प्रदान गर्नेछ । सहभागीले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन् ।
हरेक गाडीको खरिदमा निःशुल्क एक्सेसरिजको सुविधा र कम्प्लिमेन्टरि ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश छ । साथै विद्युतीय सवारी साधन खरिद गर्नेलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क सात किलोवाटको वाल चार्जर प्रदान गरिनेछ ।
पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभलमा नयाँ गाडी खरिद गर्न चाहने, तथा गाडी तथा इभी पारखीलाई कार्निभलमा कम्पनीले आमन्त्रण गरेको छ ।
पोखरा तथा आसपासका ग्राहकले कार्निभलमा सहभागी भई अत्याधुनिक सवारी साधनको प्रत्यक्ष अनुभव गर्न र आकर्षक डिस्काउन्ट तथा अफरको लाभ उठाउन सक्नेछन् ।






