पोखरा । भारतको महाराष्ट्रमा शुक्रबार सवारी दुर्घटना हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ ।
तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पूणे जिल्लाको नारायण गाउँ नजिक पूणे-नासिक राजमार्गमा साे दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै प्रहरी घटनास्थलमा पुगेर घाइतेको उद्दार गरी अस्पतालमा पुर्याएका थिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






