पोखरा । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।
नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामले एपीएफलाई दिएको जानकारी अनुसार सो घटनामा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।
सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १०ः०० बजे डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको बताए ।
अधिकांश पीडित चिन्न नसकिने गरी जलेका छन् । सुकुवामले चिजहरू स्पष्ट गर्न आफूहरु घटनास्थलमा बताए ।
गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ ।






