पोखरा । भारतीय योग गुरु तथा पतञ्जली योगपीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
केरला औषधि नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरूद्ध औषधि ऐन आकर्षिक गर्दै पक्राउ पूर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केरला औषधि नियन्त्रण विभागले दायर गरेको यो मुद्दामा औषधि र जादूमय उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोप लगाइएको छ ।
यो ऐनले औषधिको चामत्कारिक लाभ वा उपचारसम्बन्धी भ्रामक दाबी प्रतिबन्ध आकर्षित गर्छ । अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले यस्तो उल्लङ्घनलाई गम्भीर रूपमा लिएको देखिन्छ। विशेषगरी सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित ठूला संस्थाहरूका क्रियाकलापप्रति यो मुद्दा आकर्षित हुने दाबी गरिएको छ ।
पतञ्जली आयुर्वेदका मुख्य अनुहारका रूपमा बाबा रामदेव र बालकृष्णको उत्पादन प्रचारमा जिम्मेवारीको विषयलाई यो मुद्दाले थप गम्भीर बनाएको छ ।
यस कानूनी प्रक्रिया र मुद्दाको परिणामले स्वास्थ्यसम्बन्धी उत्पादनको प्रचारमा निगरानी र कार्यान्वयनलाई कडा बनाउने सम्भावना छ ।






