शिवजी मण्डेल
धनगढी । डोटीमा बिहेभोज खाएका ९० जना बिरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका वडा नं १ स्थित नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिबार दुलही पक्षका व्यक्तिले सुजीको हलुवालगायतका खानाका परिकार खाँदा ९० जना बिरामी भएका हुन् । बिहेको भोज खाएकाहरूमा रिंगटा लाग्ने, ज्वरो आउने, बान्ता र पखाला हुने समस्या देखिएको थियो ।
उनीहरूको बाँझस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बिरामीका रगतको नमूना संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको छ ।
बिरामीको उपचारका लागि पालिकाका एमबीबीएस डक्टरसहित १३ जनाको टोली खटिएको छ । बिरामीमध्ये केहीलाई उपचार पश्चात् घर पठाइएको भने केहीको उपचार जारी छ ।
प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दको कमान्डमा सात जनाको प्रहरी टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोलीले जनाएको छ ।






