पोखरा । पोखरा महानगरपालिकाको १६औँ नगरसभा नेकपा एमाले निकटका सदस्यले बहिष्कार गरेका छन् ।
नगरसभा बहिष्कार गर्दै उनीहरुले बाहिर विशेष नगरसभाको निर्णय लागू गर, महानगरको वेथिति बन्द गर, मनोमानी निर्णय बन्द जस्ता नारा लगाएका छन् ।
विशेषगरी करारका कर्मचारी हटाउने विषयमा एमालेले विमत्ति राख्दै आएको छ ।
महानगरपालिकाको १६औँ नगरसभा आजदेखि सुरु भएको हो ।
नगरसभा सुरु हुने वित्तिकै एमालेले बहिष्कार गरेका हुन् । एमालेले बहिष्कार गरेपछि नगरसभा आजै दिउँसो ४ः३० मा पुनः बस्ने गरी स्थगित भएको छ ।






